
Pbu
Pes
Gfs
Unsku
Rgp1
Lnp
pku
Sgr
Ggp
cjs
Ses
Srbpu
Rgp
Djs

Ggd
Gst
Ksm
Ssm
Bbbpu
nsb
Sbs
Pvg
Asm
Rgu
Rgs
Rgu
Wsp
Tsm
Bbu
Rsb
Hal
Sls
Vor

sab
Rmb
Gsb
Jmb
Rpp
Syp
Abd
bbt
Pls
Mks
Ptm
Bml
Jmb
दाङ । कर्तव्य ज्यान सम्बन्धी कसुरमा एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा तुलसीपुर १७ नयाँ बस्ती निवासी २८ बर्षिय प्रदिप वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका वडा नम्वर ९ असरा बस्ने ३२ बर्षिय बिजय पौडलको हत्या आरोपमा वलीलाई पक्राउ गरिएको हो ।
यस्तै गत पुस १५ गते बेलुका आठ बजेतिर तुलसीपुर १७ स्थित हापुर खोलामा पौडेल घाईते अवस्थामा फेला पारी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार गरी थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लगीएकोमा पुस १६ गते विहान निधन भएको प्रहरीले बताएको छ ।
त्यस्तै घटनाको बारेमा अनुसन्धान गर्दै जादा वलीलाई सोमवार बेलुकी आठ बजे तुलसीपुर १६ रावतगाउँबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका वली विरुद्ध ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आबश्यक अनुसन्धान अगाडी बढाईएको डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।
