
Lnp
Rgp
ksb
Dus
Jns
Usb
Asb
Rgp
lnp
Lks
Rgp
Ggp
Ggp
Rgp
Sgp

lms

दाङ । लमही नगरपालिका उपभोक्ता हित संरक्षण तथा अनुगमन शाखाले लमही बजार क्षेत्रमा रहेका विभिन्न व्यवसायिक प्रतिष्ठानहरुको अनुगमन गरेको छ ।
बैंक,सुनचाँदी पसल,मिष्ठान भण्डार,कन्सल्टेन्सी, फेन्सी पसल,किराना पसल,जुत्ता–चप्पल पसल, गेष्ट हाउस लगायतमा अनुगमन गरिएको हो ।
शाखा प्रमुख शिवराज न्यौपानेका अनुसार अनुगमनका क्रममा ती व्यवसायहरु दर्ता तथा नविकरण भएको–नभएको विषयमा जानकारी संकलन गरिएको हो । दर्ता नविकरण नगरी सञ्चालनमा रहेका पसल तथा फर्महरुलाई समयमै प्रक्रिया पूरा गर्न सचेत गराइएको उनले बताए ।
त्यस्तै अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण तथा अनुगमन शाखा प्रमुख शिवराज न्यौपाने, सदस्यहरु कमल विसी र नरेन्द्र गुप्ता,लमही चेम्बर अफ कमर्सका महासचिव नारायण भुसाल, सह–कोषाध्यक्ष सपना पाण्डे,वडा प्रहरी कार्यालय लमहीका प्रतिनिधि तथा नगर प्रहरीको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा धेरैजसो पसलहरु दर्ता नविकरण नगरी सञ्चालन गरिएको पाइएको शाखाले जनाएको छ । नगरपालिकाले बजार व्यवस्थापनलाई व्यवस्थित र उपभोक्ताको अधिकार सुरक्षित गर्न यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ ।
