Sidha Patra सोमबार, माघ १२, २०८२

दाङ । प्रहरीले लागु औषध(ब्राउनसुगर) सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा डिएसपी चक्र बहादुर शाहले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा तुलसीपुर १७ बस्ने २७ बर्षिय दामोदर केसी र २३ बषिय पुजन बुढाथोकी रहेका छन् ।

प्रहरीले विशेष सुचनाको आधारमा उनीहरुलाई गत शुक्रवार दिउँसो सवा चार बजेतिर सोहि ठाउँबाट अवैध लागु औषध (ब्राउन सुगर) सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट दुई सय तिस मिलिग्राम लागु औषध (ब्राउन सुगर) बरामद गरेको डिएसपी शाहले जानकारी दिए ।

त्यस्तै उनीहरु विरुद्ध जिल्ला अदालतमा लागु औषध मुद्धा दर्ता गरी सातको म्याद थप गरी अनुसन्धान भईरहेको उनले जानकारी दिए । यस्तैगरी गत शनिवार तुलसीपुर ९ बेलुवाबाट पनि एक जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा सोहि ठाउँ निवासी ३१ बर्षिय लाली वली योगी रहेका छन् । प्रहरीले उनको साथबाट एक सय साठी मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरी लागु औषध मुद्धामा सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]