Sidha Patra सोमबार, माघ १२, २०८२

दाङ । भारतीय नागरिकलाई नक्कली कागजात बनाएर नेपाली नागरिकता दिलाएको आरोपमा वडा अध्यक्ष र इप्रका प्रमुख सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियारका अनुसार राजपुर गाउँपालिका वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव (अहिर) र इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेमबहादुर खवासको मिलेमतोमा भारतीय नागरिक आलम जोल्हालाई वंशजको नागरिकता दिलाइएको थियो ।

जोल्हालाई नेपाली नागरिकता दिलाउन २०३८ साल माघ १५ गते मृत्यु भइसकेका सनाउल्ला जोल्हाको मृत्युदर्ता प्रमाणपत्रमा मृत्युको मिति सच्याएर २०४१ बनाइ आलमलाई सनाउल्लाको छोरा देखाई २०३९ सालमा जन्मिएको भनी नक्कली जन्मदर्ता बनाइएको थियो ।

त्यस्तै अख्तियारले तत्कालीन इप्रका प्रमुख खवास, वडा अध्यक्ष रामेश्वर,वडा सचिव र कार्यालय सहायक राजेशकुमार कहार र मीना चौधरी र नागरिकता लिने आलम र झुटो सनाखत गर्ने मतियारका रुपमा आएसा जोल्हामाथि मुद्दा चलाएको हो ।

यस्तै अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार २०७५ मंसिर २८ गते ५२-०६-७५-०३८२६ नम्बरको नागरिकता प्रमाणपत्र जारी गरिएको थियो । नेपालप्रेस

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]