
Pbu
cjs
Rgp
Rgp1
Ggp
Ses
Pes
Djs
Lnp
pku
Gfs
Unsku
Srbpu
Sgr

Asm
Ggd
Bbbpu
Vor
Rgu
Hal
Tsm
Rsb
Wsp
Bbu
Rgs
Ksm
Sbs
Pvg
Rgu
Ssm
Gst
Sls
nsb

Pls
Jmb
Syp
Bml
sab
Mks
Abd
Gsb
Rpp
Ptm
bbt
Jmb
Rmb
दाङ । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी पशुका लागी बुधबार पोषण किट वितरण गरेको छ । सुत्केरी अवस्थामा रहेका पशुहरुको स्वास्थ्य सुधार र उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले पोषण किट वितरण गरिएको तुलसीपुर उपमहानगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर मनोज ओलीले जानकारी दिए ।
त्यस्तै उनका अनुसार पशु सेवा शाखाको आयोजनामा आज एक कार्यक्रमका बिच सुल्केरी गाई–भैंसी पालक ६० जना किसानहरूलाई पोषण किट वितरण गरिएको हो । पोषण किटमा सुत्केरी पशुका लागि आवश्यक पोषक तत्वयुक्त दाना समावेश गरिएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख टिकाराम खड्काले मानिसलाई सुत्केरी भत्ता दिएझै पशुलाई पोषण किट वितरण गरिएको बताए । पैशा दिदा पशुको आहारामै खर्च नहुन सक्ने भएकाले पोषण किट नै वितरण गरिएको उनले बताए ।
नगरपालिकाले पशु पालक किसानका लागी एउटा महत्वपुर्ण कार्यक्रमको सुरुवात गरिएको उहाँले बताए । आगामी दिनमा यसलाई अझै विस्तार गर्दै लैजाने उनको भनाई छ । पशुपालनलाई व्यवसायिक र लाभदायक बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेकोसमेत उनले बताए । यसैगरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले सुत्केरी अवस्थामा उचित पोषण नपाउँदा पशु तथा बाछाबाछीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यस प्रकारका कार्यक्रम प्रभावकारी हुने विस्वास व्यक्त गरे ।
यस्तै किसानको मागको आधारमा अझै यसमा बजेट थप गर्दै लैजान सकिने पनि उनले बताए । किसानहरुले उपमहानगरपालिकाले गरेको सहयोगले पशु स्वास्थ्य सुधारमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने माग गरेका छन् ।तुलसीपुरखबर
