
Sgr
cjs
Rgp1
Rgp
Ses
Lnp
Gfs
Pes
Djs
Pbu
Unsku
Srbpu
Ggp
pku

Pvg
Rgu
Asm
Bbu
Wsp
nsb
Tsm
Rgs
Ksm
Rgu
Bbbpu
Gst
Ssm
Vor
Sls
Rsb
Sbs
Ggd
Hal

Bml
Jmb
Syp
bbt
Gsb
Jmb
Rpp
Mks
sab
Rmb
Pls
Abd
Ptm
दाङ । देउखुरीको लमहीमा तेस्रो देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको बुधबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन भएको छ ।
बाजा-गाजा,झाँकी सहित प्रभातफेरी अघि बढ्यो । थारु, मगर,नेवार लगायत समुदायका झाँकीले नगरको परिक्रमा गर्यो । परम्परादेखि चल्दै आएका रिती,संस्कृति र परम्परा झाँकी मार्फत देखाईयो । अनि सुरु भयो तेस्रो देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव–२०८२ को विधिवत रुपमा आज उद्घाटन गरिएको हो ।
चेम्बर अफ कमर्स लमहीको आयोजनामा उद्घाटन भएको महोत्सवको चेम्बर अफ कसर्म लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोख्रेलले उद्घाटन गरेका हुन् । स्थानीय कला संस्कृतिलाई पर्यटनसंग जोडेर स्थानीय अर्थतन्त्र बलियो बनाउन सकिनेमा जोड दिए । उनले समग्र आर्थिक गतिविधिसंग नजोडिदा सम्म परम्परा र संस्कृतिहरु पनि समृद्ध हुन नसक्ने भन्दै आर्थिक गतिविधिसंग जोड्न अपिल गरे ।‘हाम्रा संस्कृतिहरुलाई पर्यटन संग,आर्थिक गतिविधिसंग जोड्न जरुरी छ ।
यसमा तीन तहका सरकारलेनै बेसी ध्यान दिन आवश्यक छ’उनले भने,‘नीजि क्षेत्रको योगदान धेरै छ । हामि मिलेर अघि बढ्यौं भने जस्तो सुकै चुनौतीको सामना गर्न सक्छौं ।’ समग्र देशमा लगानीको वातारण बनिनसकेको अवस्था दर्साउदै उनले नीजि क्षेत्रको मनोबल बढाउन राज्यका निकायहरुनै बढी जिम्मेवार बन्नुपर्ने बताए ।‘निजि क्षेत्र समृद्धि संग जोडिन चाहन्छ । उत्पादन, रोजगारी र समृद्धिको मुल लक्ष्य अनुसार अघि बढीरहेका छौं’उनले भने,‘स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसंग साझेदारी गरेरनै मुलुकको समृद्धि सम्भव छ ।’ महोत्सवमा २०० स्टल छन् ।
जस मध्ये ५० कृषि उपजलाइ छुट्याइएको छ । ३ लाख दर्शकले अवलोकन गर्ने, तीन करोडको कारोबार हुने अपेक्षा गरिएको छ । लमही चेम्बर अफ कमर्सका अध्यक्ष किरणकुमार बुढाथोकीको अध्यक्षता तथा चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष श्रीधर महरा, देउखुरी उद्योग बाणिज्य संघका महासचिव हरि थापा,पूर्व अध्यक्ष लिलाराम खनाल,थारु कल्याणकारीणी सभा लमही नगरका अध्यक्ष शिवप्रसाद चौधरी,चेम्बर अफ कमर्स लमहीका पूर्व अध्यक्ष शितल भुसाल लगायतका वक्ताहरुले सम्वोधन गरेका थिए ।
लमही चेम्बर अफ कमर्शका उपाध्यक्ष प्रमोद बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य लिला शाहले गरेकी थिइन् ।
