
pku
Ses
Rgp1
Pbu
Sgr
cjs
Djs
Lnp
Pes
Rgp
Unsku
Ggp
Gfs
Srbpu

Ggd
Hal
Wsp
Sbs
Rgu
Pvg
Ssm
Sls
Gst
Tsm
Rsb
Bbbpu
nsb
Bbu
Asm
Rgu
Ksm
Rgs
Vor

Mks
Bml
Pls
Abd
Gsb
sab
Ptm
Jmb
bbt
Syp
Jmb
Rpp
Rmb
काठमाडौं । आज २८६२ औँ सोनाम ल्होसार पर्व मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ ।
त्यस्तै मुसा,गाई,बाघ,खरायो,ड्रागन (मेघ), सर्प, घोडा,भेडा, बाँदर,चरा,कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु भएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।
यस्तै तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ ।
यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । आइतबारदेखि नै राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ । यस्तै विगतमा सोनाम ल्होसारको बिदा कटौती गरेको सरकारले पछि देशैभर बिदा दिन थालेको छ । विभिन्न प्रदेश र स्थानीय सरकारले पनि सार्वजनिक बिदा दिएका छन् ।
त्यस्तै पर्वका अवसरमा राष्ट्रपति,प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् । महोत्सव अन्तर्गत तामाङ समुदायका ताम्बा,बोन्बो र लामाहरुको विशेष सांस्कृतिक झाँकी,परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ । साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ ।अनलाइनखबर
