
lnp
Jns
Lks
Rgp
Ggp
Rgp
Ggp
Usb
Asb
ksb
Sgp
Lnp
Dus
Rgp
Rgp

lms

दाङ । राप्ती लोकमार्ग अन्तगर दाङ–सल्यान कपुरपोट सडक खण्ड १७ दिन दिउँसोमा बन्द गरिने भएको छ ।
मर्मत कार्य चलिरहेको हुँदा माघ ८ गतेदेखि २५ गतेसम्म बिहान ११ बजेदेखि हरेक दिन बेलुका ४ बजेसम्म हर्नेटी–कपुरकोट खण्डमा सवारी साधन संचालनमा रोक लगाइने भएको हो ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र बिष्टले बुधबार सार्वजनिक सूचना जारी गरि १७ दिन ५ घन्टाका दरले सडक खण्ड बन्द रहने बारे जानकारी दिएका छन् । साथै साना र अत्यावश्यक सवारी साधनका लागि बैकल्पिक मार्ग पैंयाखोरीया –सातबास –किमुचौर–कपुरकोट हुँदै यात्रा गर्न सुझाइएको छ ।
त्यस्तै तुलसीपुर–कालीमाटी–लुहाम हुँदै यात्रा गर्न सकिने बिकल्प सुझाइएको छ ।लाइभदाङ
