
Rgp
Sgp
Asb
Usb
Rgp
Lks
Jns
Rgp
Lnp
Dus
Ggp
lnp
Rgp
ksb
Ggp

lms

दाङ । देउखुरीको लमहीमा इभी जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन । यो आज बेलुका साढे तीन बजेको घटना हो ।
रा २ प ९६९१ नम्बरको मोटरसाइकल, अनटेष्ट इभी गाडी र रा १ ह ३६५९ नम्बरको अटो एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा लमही नगरपालिका–५ रातो डाँडा निवासी अन्दाजी १९ वर्षीय निश्चल बुढाथोकी र लमही नगरपालिका–६ कुलमोहोर निवासी अन्दाजी १९ वर्षीय शुलभ कार्की घाइते भएका हुन । लमही नगरपालिका–४ स्थित सडकखण्डमा इभी जीप र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार घाइते बुढाथोकीको अवस्था गम्भीर रहेको छ भने कार्कीको अवस्था मध्यम रहेको छ । दुबै घाइतेलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घोराही रिफर गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा संलग्न इभी जीप चालक प्रहरीको सम्पर्कमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
