
Ggp
Sgr
Ses
Lnp
Djs
Gfs
Srbpu
Rgp
Rgp1
Unsku
Pbu
pku
cjs
Pes

Ssm
Rgu
Vor
Bbu
nsb
Wsp
Ggd
Gst
Pvg
Hal
Sbs
Tsm
Rgu
Ksm
Bbbpu
Rgs
Sls
Rsb
Asm

bbt
Bml
Jmb
Jmb
Abd
Rmb
sab
Rpp
Mks
Gsb
Ptm
Pls
Syp
काठमाडौँ । आगामी निर्वाचनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरी (निर्वाचन प्रहरी) मा सहभागी हुन काठमाडौँ उपत्यकाका युवाहरु निकै उत्साहित देखिएका छन् ।
त्यस्तै उपत्यकाका तीनवटा जिल्ला प्रहरी परिसरहरुमा आवेदन दिनेहरूको ठुलो भिड लागेको छ,जहाँ छोटो अवधिमै हजारौँले फारम दर्ता गरिसकेका छन् । काठमाडौँ,ललितपुर र भक्तपुरमा पुस २६ गतेदेखि आवेदन खुल्ला गरिएकोमा चार दिनको अवधिमै कुल ६ हजार ८ सय ५५ जनाले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी परिसरका अनुसार मिति २०८२ पुस २९ गतेसम्ममा ४ हजार ८ सय ८० पुरुष,१ हजार ९ सय ७४ महिला र अन्य १ जना गरी उल्लेख्य सङ्ख्यामा नागरिकहरूले निर्वाचन सुरक्षामा खटिने इच्छा देखाउँदै आवेदन बुझाएका हुन् । प्रहरीले आवेदन दिने समय सीमा आगामी माघ १ गते कार्यालय समयसम्म तोकेको छ। बाँकी रहेको दुई दिनमा आवेदन दिनेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।
स्वयंसेवी रुपमा निर्वाचनको सुरक्षामा खटिन पाउने र छोटो समयको रोजगारी समेत हुने भएकाले शैक्षिक योग्यता पुगेका युवादेखि अवकाश प्राप्त सुरक्षाकर्मीसम्मको यसमा आकर्षण देखिएको छ ।रातोपाटी
