
Rgp
Ggp
Lks
lnp
Sgp
Ggp
Usb
ksb
Rgp
Lnp
Rgp
Jns
Asb
Rgp
Dus

lms

काठमाडौं । हिरासतबाट भागेका दुई जना थुनुवा पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा सिन्धुलीको मरिण घर भएका २९ वर्षीय उर्गेन लामा र बाराको सिमराका २९ वर्षीय उमेश भ्लोन रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरु लागुऔषध मुद्दाका थुनुवा हुन् । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरले पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएका उनीहरू जेनजी आन्दोलनको क्रममा २४ भदौमा फरार भएका थिए ।
त्यस्तै पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।
