
Tgp
Ppu
Ksb
Rks
Nsb
Ssb
Usb
Ksb
Rsb
Ssb
Gsb
Csb
Bsn
Ksb

Hl1
Gsb
Tsb
Usb
Ssb

Rgu
Nps
ptl
दाङ । राष्ट्रिय खोप कार्यक्रम वडा स्तर तथा सरसफाइ प्रवर्द्धन कार्यक्रमको समिक्षा र पुर्ण खोप घोषणा तथा दिगोपनाको योजना तयारी बैठक वडा स्तरको सुक्ष्म योजना कार्यक्रम मंगलबार लमही नगरपालिका वडा नम्बर ७ को कार्यालयमा सम्पन्न भएको छ ।
सो वडाका वडा अध्यक्ष मोहन गिरीको अध्यक्षतामा बसेको बैठक कार्यक्रममा कोभिड १९ र खोप सम्बन्धि सतबरिया स्वास्थ्य चौकीका इन्चार्ज लालमणी सुवेदीले प्रस्त पार्नु भएको थियो । सो तयारी बैठक कार्यक्रममा वडा सदस्यहरु केदार चौधरी,सुनमाली बिक,राधा केसी,अर्जुन आधारभूत विद्यालय हस्नापुरका प्रधानध्यापक महेश न्यौपाने लगायतको सहभागी रहेको थियो ।
त्यस्तै बैठक कार्यक्रमको समापन गर्दै अध्यक्ष गिरीले
कोरोनाको खोप लगाउने कार्यक्रम आफ्नो वडामा आइपुग्दा अत्यन्तै खुसी भएको बताउनु भयो । विश्व आतंकितको अबस्थामा हाम्रो हालत अब के हुने हो भनेर चिन्तित भएको समयमा कोरोनालाई पराजित गर्नको लागि खोप उत्पादन भएर आफ्नो वडा र सामु आएको हुँदा अब चिन्ता नगर्न आफ्नो वडा बासीलाई अनुरोध गर्नु भयो ।
त्यस्तै उहाँले विशेष गरि कोरोनालाई जित्नको लागि अहिले विश्व स्वास्थ्य संगठनले मानेता दिएको खोप आएको हुँदा वडामा यहीँ फाल्गुन २५ गते करि खोलादेखि पश्चिम् र २६ गते बन घुर्षीदेखी अर्जुन खोला सम्म ५५ वर्ष देखि माथिका आम नागरिकहरु नछुटेर खोप लगाइ आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्नमा मदत पुराउन अनुरोध गर्नु भएको छ ।
