
Lks
lnp
Usb
Rgp
Jns
Dus
Ggp
Rgp
Rgp
Asb
Rgp
Ggp
Lnp
ksb
Sgp

lms

दाङ । देउखुरीमा माघी पर्व नजिकिए संगै थारु वस्तिहरुमा माघीको रौनक छाउना थालेको छ । मंगलवार देउखुरीको गढवामा माघी पर्वको अवसरमा थारुसमुदायका कलाकारहरुले थारु भेषभुषमा लोपोन्मुख कला संस्कृति र परम्पराको संरक्षण गर्ने भन्दै दिनभर थारु कला र संस्कृतिको प्रदर्शनमा रमाएर माघीको रौनकता बढाएका छन् ।
थारु कल्याणकारीणीसभा क्षेत्र नम्बर १ गढवाको आयोजना र गढवा गाउँपालिकाको सहयोगमा मंगलवार देउखुरीको गढवामा थारु भाषा तथा कला–संस्कृतिमा आधारित माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नयाँ पुस्तामा थारु भाषा,कला र संस्कृति हस्तान्तरण हुन नसकेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
हाम्रो संस्कृति,हामे पहिचानؘ–थारु संस्कृति बचाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ सम्पन्न माघीमिलन कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रल,उपाध्यक्ष शारदा कुमारी चौधरी,वडा नम्बर ६ का वडा अध्यक्ष बिरवहादुर आलेमगर गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंमप्रकाश बसेल, संरक्षणकर्मी उमाकान्त पन्त र गढवा गाउँपालिका हेफर परियोजनाका अध्यक्ष बसन्तकुमार शर्मा लगायतले थारुभाष, कला र संस्कृतिको जगेर्ना गर्न नयाँ पुस्ता सरिक हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा थारु अगुवाहरु शिवप्रसाद चौधरी, राजेन्द्र प्रसाद चौधरी,गोकुल प्रसाद चौधरी, चेतराम चौधरी,प्रकाश कुमार चौधरी,शेषदत्त चौधरी र कानूनी सल्लाहकार हल्लु प्रसाद चौधरी लगायतले माघी पर्व र थारु कला संस्कृतिको संरक्षणका बारेमा बोलेका थिए । थारु वस्तिहरुमा माघीपर्व नयाँबर्षको रुपमा रहेको र यसको बिशिष्ट ऐतिहासीक पहिचान रहेको बताए । थारुभाष, कला र संस्कृति तथा परम्परा जोगाउन नयाँ पुस्तामा रुपान्तरणको खाँचो रहेको थारु अगुवाहरुले बताए ।
सो अवसरमा थारुभाषका बिभिन्न भेषभुषा झल्कीने पुराना पुस्ताका भुम्रा नाच,बर्कानाच र नयाँ पुस्ताका लाठी नाच लगायतका साँस्कृतिक प्रस्तुती राखेर दिनभर रौनकता प्रदान गरिएको पाइन्थ्यो । कार्यक्रममा लोपोन्मुख भुम्रानाचको प्रतियोगितात्मक अभ्यास समेत गराईएको र उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो । थारु कल्याणकारीणीसभा क्षेत्र नम्बर १ गढवाका अध्यक्ष संजिव चौधरीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रमको संचालन थारु अगुवा यतिदेवि चौधरीले गरेका थिए ।
