
Ggp
Srbpu
Ses
Gfs
cjs
Lnp
Djs
pku
Pbu
Rgp1
Pes
Rgp
Sgr
Unsku

Hal
Rsb
Pvg
Ggd
Tsm
Wsp
Sbs
Ssm
Rgs
Asm
Vor
Gst
Bbu
nsb
Rgu
Ksm
Sls
Bbbpu
Rgu

Pls
Abd
Jmb
bbt
Rmb
Mks
Jmb
Rpp
Ptm
sab
Gsb
Bml
Syp
दाङ । देउखुरीमा माघी पर्व नजिकिए संगै थारु वस्तिहरुमा माघीको रौनक छाउना थालेको छ । मंगलवार देउखुरीको गढवामा माघी पर्वको अवसरमा थारुसमुदायका कलाकारहरुले थारु भेषभुषमा लोपोन्मुख कला संस्कृति र परम्पराको संरक्षण गर्ने भन्दै दिनभर थारु कला र संस्कृतिको प्रदर्शनमा रमाएर माघीको रौनकता बढाएका छन् ।
थारु कल्याणकारीणीसभा क्षेत्र नम्बर १ गढवाको आयोजना र गढवा गाउँपालिकाको सहयोगमा मंगलवार देउखुरीको गढवामा थारु भाषा तथा कला–संस्कृतिमा आधारित माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नयाँ पुस्तामा थारु भाषा,कला र संस्कृति हस्तान्तरण हुन नसकेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
हाम्रो संस्कृति,हामे पहिचानؘ–थारु संस्कृति बचाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ सम्पन्न माघीमिलन कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रल,उपाध्यक्ष शारदा कुमारी चौधरी,वडा नम्बर ६ का वडा अध्यक्ष बिरवहादुर आलेमगर गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंमप्रकाश बसेल, संरक्षणकर्मी उमाकान्त पन्त र गढवा गाउँपालिका हेफर परियोजनाका अध्यक्ष बसन्तकुमार शर्मा लगायतले थारुभाष, कला र संस्कृतिको जगेर्ना गर्न नयाँ पुस्ता सरिक हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा थारु अगुवाहरु शिवप्रसाद चौधरी, राजेन्द्र प्रसाद चौधरी,गोकुल प्रसाद चौधरी, चेतराम चौधरी,प्रकाश कुमार चौधरी,शेषदत्त चौधरी र कानूनी सल्लाहकार हल्लु प्रसाद चौधरी लगायतले माघी पर्व र थारु कला संस्कृतिको संरक्षणका बारेमा बोलेका थिए । थारु वस्तिहरुमा माघीपर्व नयाँबर्षको रुपमा रहेको र यसको बिशिष्ट ऐतिहासीक पहिचान रहेको बताए । थारुभाष, कला र संस्कृति तथा परम्परा जोगाउन नयाँ पुस्तामा रुपान्तरणको खाँचो रहेको थारु अगुवाहरुले बताए ।
सो अवसरमा थारुभाषका बिभिन्न भेषभुषा झल्कीने पुराना पुस्ताका भुम्रा नाच,बर्कानाच र नयाँ पुस्ताका लाठी नाच लगायतका साँस्कृतिक प्रस्तुती राखेर दिनभर रौनकता प्रदान गरिएको पाइन्थ्यो । कार्यक्रममा लोपोन्मुख भुम्रानाचको प्रतियोगितात्मक अभ्यास समेत गराईएको र उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो । थारु कल्याणकारीणीसभा क्षेत्र नम्बर १ गढवाका अध्यक्ष संजिव चौधरीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रमको संचालन थारु अगुवा यतिदेवि चौधरीले गरेका थिए ।
