
Rgp
Jns
Ggp
ksb
Ggp
Usb
lnp
Rgp
Sgp
Dus
Asb
Lks
Rgp
Lnp
Rgp

lms

दाङ । देउखुरीको गढवा गाउँपालिकाको १८ औँ गाउँसभा तथा हिँदे अधिवेशन आईतबारदेखी सुरु भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा/नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३(१) बमोजिम अधिवेशन शुरु भएको हो ।
गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको पहिलो बैठकमा सार्वजनिक महत्वका ५ वटा विधेयक पेश गरिएको छ । अध्यक्ष पोख्रेलले गाउँपालिकाको महत्वपूर्ण ५ विधेयकहरु प्रस्तुत गरेका हुन् ।
गढवा गाउँपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन विधेयक- २०८२, गढवा गाउँपालिकाको भूमि विधेयक- २०८२, गढवा गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक-२०८२, गढवा गाउँपालिकाको विज्ञापन (व्यवस्थापन तथा नियमन) विद्येयक -२०८२, गढवा गाउँपालिकाको तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन विधेयक-२०८२ प्रस्तुत गरेका हुन् ।
त्यस्तै १८ औं गाउँसभा तथा हिउँदे अधिवेशनमा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले क्षेत्रगत बजेट तथा खर्च,आय व्यय विवरण,शिर्षक अनुसार राजस्व संकलन,वडागत बजेट तथा खर्च,कार्यक्रम/परियोजना अनुसार बजेट बिनियोजन र गढवा गाउँपालिकाको कार्यालय र आठ वटै वडाबाट संकलन भएको राजश्वको बारेमा प्रतिबेदन प्रस्तुत गरेका थिए ।
यस्तै १८ औँ गाउँसभा तथा हिउँदे अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, विभिन्न वडाका वडाध्यक्षहरु,कार्यापालिका सदस्यहरु,वडा सदस्यहरु,विभिन्न शाखाका शाखा प्रमुख,कर्मचारी लगायतको सहभागिता रहेको थियो । सभामा पेश गरिएका विधेयकहरु अधिवेशनकाे आगामी बैठक माघ १२ गतेमा छलफल गरि निर्णयार्थ प्रस्तुत गरिएको जनाइएको छ ।
