
Djs
Ses
cjs
Lnp
Srbpu
Unsku
Pes
Sgr
pku
Rgp
Ggp
Gfs
Pbu
Rgp1

Sls
Gst
Ssm
Ksm
Wsp
Bbu
Rsb
nsb
Hal
Ggd
Rgu
Bbbpu
Tsm
Sbs
Rgu
Pvg
Vor
Rgs
Asm

Jmb
Rpp
sab
Abd
Rmb
Mks
Gsb
Jmb
Syp
Pls
Ptm
Bml
bbt
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली नाकामा सोमबार मान बहादुर सुनारको एक घर र एक गोठमा आगलागी हुँदा झन्डै दुई लाख बराबरको क्षति भएको छ ।
सोमबार दिउँसो १२ बजे तिर अचानक घरमा आगलागी भएको हो । आगलागीबाट अन्न लत्ताकपडा सबै जलेर नस्ट भएको सो गाउँको बाल अधिकार प्राथमिक विद्यालयका प्रधानध्यापक दिलाराम यादवले जानकारी दिनु भयो । गएको शनिबार सुनारको घरमा रातिको ११ बजे अज्ञात समूहले घरको पछाडीबा आगो लगाएको थियो । त्यतिबेला एकजना बालकले देखेर आगो लागेको जानकारी गराएपछि,तत्काल स्थानीय बासि,शस्त्र प्रहरी,नेपाल प्रहरीले संयुक्तरुपमा आगोलाई निभाएको थियो ।
प्रअ यादवका अनुसार शुक्रबार आफुले आफू बस्ने घरको कोठामा तालाबन्द गरेर आफ्नो घर आएको समयमा अज्ञात व्यक्तिले प्रअ बस्ने घरको ढोकामा लगाइएको ताला फोरेर भित्र पसी घरभित्र भएको चिनी खाएको र चिनी,चियापत्तीलाई भुइँमा पोखि दिएर कोठामा रहेको लाइटर निकालेर सुनारको घरमा आगो लगाइएको बुझिएको छ ।
त्यस्तै आइतबार घरदेखी विद्यालय गएको समयमा सो खबर सुनेपछि,प्रअ यादवले सोमबार शस्त्र प्रहरी,नेपाल प्रहरी र गाउँका जान्ने बुझ्ने ब्यक्तिलाई बोलाएर सो घटनाको बारेमा छलफल भैरहेको समयमा अचानक उता फेरि सुनारको घरमा आगलागी भएको देखेपछि,छलफल स्थगित गरेर सो आगो निभाउन सबै टिम खटेको थियो । यस्तै गाउँमा दुई दिन देखि धारामा पानी आएको छैन । गाउँमा भएको एउटा कुवाको पानी भरेर आगो निभाउदा निभाउदै कुवाकै पानी सकिए पछि, आगोलाई पूरा निभाउन नसकेपछि घर,गोठमा भएको सरसामान केही बचाउन नसकेको प्रअ यादवले जानकारी दिनु भयो । हिजो भारतको एस एसबि क्यामबाट पानी लिएर सबै गाउँले पानी खाए प्रअ यादवले त्यहाँको समस्या बारेमा सिधापत्र डटकम अनलाइन पत्रीकासंग बताउनु भयो ।
त्यस्तै हाल सुनार आफ्नो श्रीमती संग मजदुर गर्नको लागि गाउँदेखि बाहिर गएको र घरमा बुढी आमा र ३ बहिनी छोरी,१ छोरा मात्र रहेको अबस्थामा घरमा आगलागी भएको हो । सुनारको घरमा त्यस्तो समस्या आएपछि,त्यहाँ स्थित शस्त्र प्रहरीले नुन एक पोका दुइलिटर तेल तरकारी उपलब्ध गराएको छ भने खान खर्चको लागि स्थानीयले दाल,चामल उठाएर पीडितलाई उपलब्ध गराएको प्रअ यादवले जानकारी दिनु भयो ।
यस्तै सुनारलाई हाल सम्म कुनै राहत पुगेको छैन,यस तर्फ सम्बन्धित निकायको छिटोभन्दा छिटो ध्यान जान जरुरी छ ।
