
Ssb
jsb
Ppu
Bsn
Ksb
Gsb
Tgp
Nsb
Ksb
Csb
Ssb
Rks
Rsb
Usb
Ksb

Tsb
Ssb
Hl1
Usb
Gsb

ptl
Nps
Rgu
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली नाकामा सोमबार मान बहादुर सुनारको एक घर र एक गोठमा आगलागी हुँदा झन्डै दुई लाख बराबरको क्षति भएको छ ।
सोमबार दिउँसो १२ बजे तिर अचानक घरमा आगलागी भएको हो । आगलागीबाट अन्न लत्ताकपडा सबै जलेर नस्ट भएको सो गाउँको बाल अधिकार प्राथमिक विद्यालयका प्रधानध्यापक दिलाराम यादवले जानकारी दिनु भयो । गएको शनिबार सुनारको घरमा रातिको ११ बजे अज्ञात समूहले घरको पछाडीबा आगो लगाएको थियो । त्यतिबेला एकजना बालकले देखेर आगो लागेको जानकारी गराएपछि,तत्काल स्थानीय बासि,शस्त्र प्रहरी,नेपाल प्रहरीले संयुक्तरुपमा आगोलाई निभाएको थियो ।
प्रअ यादवका अनुसार शुक्रबार आफुले आफू बस्ने घरको कोठामा तालाबन्द गरेर आफ्नो घर आएको समयमा अज्ञात व्यक्तिले प्रअ बस्ने घरको ढोकामा लगाइएको ताला फोरेर भित्र पसी घरभित्र भएको चिनी खाएको र चिनी,चियापत्तीलाई भुइँमा पोखि दिएर कोठामा रहेको लाइटर निकालेर सुनारको घरमा आगो लगाइएको बुझिएको छ ।
त्यस्तै आइतबार घरदेखी विद्यालय गएको समयमा सो खबर सुनेपछि,प्रअ यादवले सोमबार शस्त्र प्रहरी,नेपाल प्रहरी र गाउँका जान्ने बुझ्ने ब्यक्तिलाई बोलाएर सो घटनाको बारेमा छलफल भैरहेको समयमा अचानक उता फेरि सुनारको घरमा आगलागी भएको देखेपछि,छलफल स्थगित गरेर सो आगो निभाउन सबै टिम खटेको थियो । यस्तै गाउँमा दुई दिन देखि धारामा पानी आएको छैन । गाउँमा भएको एउटा कुवाको पानी भरेर आगो निभाउदा निभाउदै कुवाकै पानी सकिए पछि, आगोलाई पूरा निभाउन नसकेपछि घर,गोठमा भएको सरसामान केही बचाउन नसकेको प्रअ यादवले जानकारी दिनु भयो । हिजो भारतको एस एसबि क्यामबाट पानी लिएर सबै गाउँले पानी खाए प्रअ यादवले त्यहाँको समस्या बारेमा सिधापत्र डटकम अनलाइन पत्रीकासंग बताउनु भयो ।
त्यस्तै हाल सुनार आफ्नो श्रीमती संग मजदुर गर्नको लागि गाउँदेखि बाहिर गएको र घरमा बुढी आमा र ३ बहिनी छोरी,१ छोरा मात्र रहेको अबस्थामा घरमा आगलागी भएको हो । सुनारको घरमा त्यस्तो समस्या आएपछि,त्यहाँ स्थित शस्त्र प्रहरीले नुन एक पोका दुइलिटर तेल तरकारी उपलब्ध गराएको छ भने खान खर्चको लागि स्थानीयले दाल,चामल उठाएर पीडितलाई उपलब्ध गराएको प्रअ यादवले जानकारी दिनु भयो ।
यस्तै सुनारलाई हाल सम्म कुनै राहत पुगेको छैन,यस तर्फ सम्बन्धित निकायको छिटोभन्दा छिटो ध्यान जान जरुरी छ ।
