
Unsku
Ggp
Rgp1
Rgp
Lnp
Pes
Pbu
cjs
Sgr
Gfs
pku
Djs
Ses
Srbpu

Vor
Sls
Ksm
Rgu
Gst
Bbu
Rgu
Pvg
nsb
Rsb
Rgs
Hal
Tsm
Ggd
Ssm
Wsp
Bbbpu
Asm
Sbs

Abd
Pls
Jmb
Mks
sab
Rmb
Syp
Bml
Jmb
bbt
Ptm
Gsb
Rpp
दाङ । देउखुरीको राजपुरमा थारु सांस्कृतिक माघ महोत्सव २०८२ माघी मिलन कार्यक्रम शनिबार भव्यका साथ सम्पन्न भएको छ ।
आर्थिक जागरण तथा सांस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितके समृद्धिम हमार योगदान भन्ने मुल नाराका शनिबार राजपुर गाउँपालिका वडा नम्बर -६ गंगदीमा महोत्सव कार्यक्रम भएको हो ।
थारु कल्याणकारिणी सभा राजपुरका उपाध्यक्ष गंगा चौधरीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता एवम् गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादवको विशिस्ट अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले थारु कल्याणकारिणी सभा राजपुरले राजपुरका आम थारुहरुलाई एकजुट बनाउनमा ठुलो भुमिका खेलेको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले भने,राजपुरमा थारु कल्याणकारिणी सभा गठन गर्नु अघि थारु अगुवाहरुले पहिला मलाई भेटेर सल्लाह सुझाव माग्नु भएको थियो । त्यस समय मैले उहाँहरुलाई तत्काल गठन गर्न सुझाव दिएको थिए । आज गठन भएको पनि चार वर्ष पुगेछ-अध्यक्ष बुढाथोकीले भने । यस्तै उनले राजपुरमा विभिन्न जातजातिका मानिसहरु बसोबास गर्ने भएको हुँदा यस किसिमको संगठनहरु गठन गरेर आफ्नो संस्कृति र पहिचानलाई जगेर्ना गराउन राजपुर गाउँपालिका निरन्तर लागि परेको बताए ।
थारु भाषामा बोलेका अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिका भित्रका आम महिला दिदीबहिनीलाई सीपमूलक तालिमहरु प्रदान गर्दै आइरहेको हुँदा इच्छा भएका व्यक्तिहरुले पालिकामा पुगेर माग गरेको खण्डमा आफुले सहयोग गर्ने समेत बताए । त्यस्तै उनले समाजमा अहिलेपनि विभिन्न विभेदहरु हुने भएको हुँदा त्यसलाई चिरफार गरेर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा उपाध्यक्ष यादवले परम्परागत आफ्नो पुर्खाले मान्दै आएको रीतिरिवाजलाई जगेर्ना गर्न जरुरी रहेको बताएकी छिन् । थारु भाषामै सम्बोधन गरेकी यादवले पालिका भित्र रहेका विभिन्न समुदायलाई आफुहरुले समावेशी रुपले बजेटहरु व्यवस्थापन गरेर यस खालका सांस्कृतिक महोत्सव कार्यक्रमहरु संचालन गर्न सकेको बताइन् । उनले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताएकी छिन् ।
थारु कल्याणकारिणी सभा राजपुरका सदस्य खुशीराम चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा राजपुर गाउँपालिका सामाजिक विकास संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष ओम प्रकाश यादव,राजपुर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष श्यामबहादुर रोका,थारु कल्याणकारिणी क्षेत्रीय सचिव यमबहादुर चौधरी लगायतले आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
राजपुर गाउँपालिकाको आर्थिक सहयोग तथा थारु कल्याणकारिणी सभा राजपुर देउखुरी दाङको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न थारु नाचहरु र ढकिया दौड,बोरा दौडहरु समेत प्रस्तुत गरिएको सो कार्यक्रम व्यवस्थापक रामबकश चौधरीले जानकारी दिए ।
उक्त महोत्सव कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर अहिर,वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट लगायत वडा सदस्य र अन्य समाज सेविहरुको उपस्थिति रहेकोे थियो । पालिका भित्रका थारुहरु बाक्लो उपस्थिति रहेकोे थियो भने कार्यक्रमको संचालन थारु कल्याणकारिणी सभा राजपुरका सदस्य राजेन्द्रप्रसाद चौधरीले गरेका थिए ।


