
ksb
Rgp
Ggp
Lks
Usb
Asb
Jns
Lnp
lnp
Rgp
Ggp
Sgp
Dus
Rgp
Rgp

lms

दाङ । दाङमा एक प्रहरी चौकीलाई कम्प्युटर र प्रीन्टर सहयोग गरिएको छ ।
दंगिशरण गाउँपालिका वडा नम्बर ६ मा रहेको बागर प्रहरी चौकिको कामकाजलाई सहज बनाउने उदेश्यले स्थानीय गोपाल डाँगीले सहयोग स्वरुप एक थान कम्प्युटर र एक थान प्रीन्टर मेसिन उपलब्ध गराएका हुन् । गिर्दल डाँगी र नारायणी डाँगीका छोरा ३५ वर्षिय गोपालले प्रविधिको प्रयोगमार्फत प्रहरीलाई प्रशासनिक कामकाजको सहजताको लागि कम्प्युटर र प्रीन्टर सहयोग गरेको जानकारी दिए ।
दंगिशरण-६ का वडाअध्यक्ष रोशनजंग शाहको उपस्थितिमा एक कार्यक्रमका बीच ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलि र प्रहरी चौकी बागरका इन्चार्ज प्रहरी सहायक निरीक्षक धन बहादुर जिसिलाइ हस्तान्तरण गरिएको हो । अरुले प्रहरीका कार्यालयहरुमा आगजनी र तोडफोड गरिरहेका बेला नागरिकको तर्फबाट गरिएको यो सहयोगले जेनजी आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल वृद्धि गर्न महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा समेत गरिएको छ ।
