तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बुधबार, पुष २३, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र पुनःसञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग आवश्यक सहयोगको माग गरेको छ ।

सोमबार गाउँपालिका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा गएको कार्यपालिका सदस्यहरुको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटी केन्द्र पुनः सञ्चालनका लागि सहयोग माग गर्दै मागपत्र बुझाएको हो ।
गाउँपालिकाका अनुसार बढ्दो जनसंख्या र तीव्र शहरीकरणका कारण फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

यसै सन्दर्भमा गाउँपालिकाले विगत दुई वर्षदेखि शून्य फोहोर अवधारणामा आधारित फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरी सञ्चालन गर्दै आएको थियो । उक्त केन्द्रमार्फत फोहोर संकलन, वर्गीकरण तथा प्रशोधन कार्यका साथै प्लास्टिकजन्य फोहोरबाट इन्टरलक टायल उत्पादनसमेत हुँदै आएको थियो । तर हालै केन्द्रमा भएको आगलागीका कारण त्यहाँ रहेका भौतिक संरचना, मेसिन तथा उपकरणमा क्षति पुगेपछि फोहोरमैला संकलन तथा व्यवस्थापन कार्य प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।

मागपत्र बुझाउँदै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले फोहोरमैला व्यवस्थापन वातावरणीय संरक्षण र जनस्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको विषय भएको उल्लेख गर्दै केन्द्रलाई तत्काल पुनः सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए । उनले सरसफाइ केन्द्र पुनः सञ्चालनका लागि आवश्यक उपकरण खरिद तथा संरचना निर्माणमा प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरे । अध्यक्ष विष्टका अनुसार केन्द्र पुनः सञ्चालनका लागि मिक्स्चर,एग्लो टायल मेसिन, इन्टरलक मेसिन,स्लग मेसिन,कूलिङ मेसिन लगायतका उपकरण खरिद गर्नुका साथै केही भौतिक संरचना निर्माण गर्नुपर्ने अवस्था छ ।

यसका लागि करिब १ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको सहयोग आवश्यक रहेको विवरणसहित मुख्यमन्त्रीसमक्ष मागपत्र पेश गरिएको हो । मागपत्र बुझ्दै मुख्यमन्त्री चेतनारायण आचार्यले सरसफाइ व्यवस्थापन पालिकाको मात्र दायित्व नभई प्रदेश सरकारको समेत जिम्मेवारी भएको उल्लेख गरे । उनले कानुनले दिएको सीमाभित्र रहेर खर्च शीर्षक परिवर्तन गरेर भएपनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सरकारबाट आवश्यक सहयोग प्राप्त भएमा फोहोरमैला व्यवस्थापन केन्द्र पुनः सञ्चालन भई स्वच्छ,सफा तथा स्वस्थ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गाउँपालिकाले लिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]