
Srbpu
Ses
Djs
Pbu
Ggp
Pes
cjs
pku
Lnp
Gfs
Unsku
Sgr
Rgp1
Rgp

Bbbpu
Ssm
Sbs
nsb
Hal
Asm
Pvg
Rgu
Ksm
Rsb
Vor
Wsp
Ggd
Rgs
Rgu
Gst
Tsm
Bbu
Sls

Jmb
Gsb
Abd
Rpp
bbt
Rmb
Jmb
Mks
sab
Syp
Bml
Ptm
Pls
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ मदपुर निवासी यमकुमारी रावत मंगलवार गाउँपालिका मार्फत चुलो वितरण हुने खबर पाएर वडा नम्बर ६ को कार्यालयमा आएको बताइन् । बजारमा झण्डै ४ हजारको हाराहारी मुल्य पर्ने बिजुलीवाला चुलो ८ सय ६५ मात्र तिरेर पाउँदा आफूलाई खुसी लागेको उनले भनिन् ।
उनका जस्तै गढवा गाउँपालिका वडा नम्बर ६ प्रगतिनगर निवासी खिमा भण्डारीले पनि ७८ प्रतिशत रकम सरकारले छुट गराएर चुलो उपलब्ध गराएको बताइन् । स्थानीय सरकारको पहलमा ४ हजार पर्ने चुलो ८ सय ६५ मा पाउँदा औधी खुसी लाग्यो–स्थानीयवासी कमला खनालले भनिन् । सरकारी अनुदानमा चुलो पाउँदा हामी खुसी छौं । उनिहरु जस्तै मंगलवार पहिलो लटमा गढवा गाउँपालिका वडा नम्बर ६ ले गढवामै पहिलो पल्ट ८० जनालाई बिद्युतिय चुलो वितरण गर्दा चुलो पाएका सबै नागरिकहरु खुसी देखिन्थे ।
गढवा गाउँपालिकाले वडा नम्बर ६ बाट यो अभियान सुरु गरेको हो । पालिकाका आठवटै वडाहरुमा माग संकलन गरि चुलो वितरण गर्न सुरु गरिएको छ । हालसम्म सबै वडाहरुमा झण्डै १ हजार बढी चुलोको माग संकलन भएको गढवा गाउँपालिकाले जनाएको छ । निकै कम लागतमा चुलो पाउने भएपछि गढवाका नागरिकहरु उत्साहित बनेका छन् ।
नेपाल सरकारको उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत बैकल्पीक उर्जा प्रवर्धन केन्द्र ताहाचाल काठमाडौंले तराईका २२ जिल्लाहरुका १ सय ८४ स्थानीय तहमा ५ लाख बिद्युत्तिय चुलो र ४ लाख ९० हजार सुधारिएको चुल्हो वितरणको लक्ष्य लिएको र सोहि अभियान अन्तर्गत नागरिकहरुलाई अनुदानमा चुलो वितरण गर्दै आएको प्रवर्धन केन्द्रका प्रतिनिधी गिरिराज भण्डारीले बताए ।
विद्युत्तिय चुलोमा उपभोक्ताहरुको २२.९४ प्रतिशत मात्र लागत लाग्ने भएको छ भने सुधारिएको चुलोमा जम्म ५ प्रतिशत लगानी लाग्ने भएको छ । झण्डै ४ हजार पर्ने बिद्युतिय चुलो ८ सय ६५ रुपियाँमा वितरण गरिएको छ भने बजार मुल्य झण्डै ६ हजार पर्ने सुधारिएको चुलो ३ सयमा उपभोक्ताहरुले पाउने भण्डारीले जानकारी दिए ।
जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न,वन माथीको मानविय चाँप घटाउन र वातावरण तथा जैविक विविधताको संरक्षण गर्न बिद्युत्तिय र आधुनीक चुलोले निकै मद्दत गर्ने गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए ।
नेपाल सरकार र बैकल्पिक उर्जा प्रवर्धन केन्द्रको लक्ष्य अनुरुप तराइका जिल्लाहरुमा चुलो वितरण अभियान प्रभावकारी रुपमा अगाडी बढीरहेको बताइएको छ । कम खर्चमा बिपन्न र सिमान्तकृत वर्ग समुदायका नागरिकहरुको घरमा चुलोको पहुँच पुरयाउने स्थानीय सरकारको लक्ष्य रहेको गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले मगरले बताए ।
त्यस्तै बिद्युत्तिय चुलोमा हरित जलवायु कोषको १० प्रतिशत, बैकल्पीक उर्जा प्रवर्धन केन्द्रको ४७.९७ प्रतिशत र स्थानीय तहको १९ प्रतिशत लागत साझेदारी रहँदा उपभोक्ताको २२.९४ प्रतिशत लगानी लाग्ने र सुधारिएको चुलोमा सरकारका निकायहरुको ९५ प्रतिशत लागत साझेदारी रहँदा नागरिकहरुले जम्म ५ प्रतिशत रकम तिरेर चुलो पाउने प्रावधान रहेको बैकल्पीक उर्जा प्रवर्धन केन्द्रका गिरीराज भण्डारीले बताए ।
गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिरवहादुर आले मगरको अध्यक्षतामा तथा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा ओयोजित कार्यक्रममा ८० जना नागरिकहरुलाई बिद्युतिय चुलो वितरण गरिएको हो । गढवा गाउँपालिकाका आठवटै वडाहरुमा क्रमसः फाराम भोरी माग गरेका ९ सय ४७ नागरिकहरुलाई बिद्युतिय र आधुनिक चुलो वितरणको कार्यक्रम रहेको पालिकाले जनाएको छ । कार्यक्रममा वडा सदस्य दिनमणि आचार्य,स्थानीय बुद्धिजिवी कपिलदेख खनाल लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव बिष्णु बिसीले गरेका थिए ।

