आलोक भाबुक/गढवा मंगलबार, पुष २२, २०८२

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५, चैनपुरस्थित माध्यमिक विद्यालय चैनपुरमा दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन् ।सामाजिक विकास मन्त्रालय,लुम्बिनी प्रदेशबाट विद्यालयमा दुई कोठे भवन निर्माणका लागि विनियोजित ३० लाख रुपैयाँ बजेट अन्तर्गत टेण्डर प्रक्रिया सम्पन्न भई निर्माण हुन लागेको भवनको शिलन्यास गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखराज थापाबाट सम्पन्न गरिएको हो ।

त्यसैगरी,गढवा गाउँपालिकाको आयोजनामा अक्षर सुधार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष द्वारिका प्रसाद यादवको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गढवा गाउँपालिका–५ का वडा अध्यक्ष लेखराज थापा रहेका थिए ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक हिमाल प्रकाश अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यशालाको सहजीकरण गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम विश्वकर्माले गरेका थिए भने कार्यशालामा प्रशिक्षकको भूमिकामा हिमाल डाँगी रहेका थिए ।

कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीहरुको सिकाइ क्षमता विकास तथा शिक्षक –विद्यार्थीबीचको सकारात्मक उत्प्रेरणाका विषयमा महत्वपूर्ण छलफल गरिएको थियो । स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सरोकारवालाहरुको सहभागितामा सम्पन्न कार्यक्रमले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]