Sidha Patra मंगलबार, पुष २२, २०८२

दाङ । नेपाल मगर संघ घोराही उपमहानगरको आयोजनामा पुस २५ देखि माघ १० गतेसम्म घोराहीमा माघेमेला हुने भएको छ ।

संघका नगर अध्यक्ष बेदबहादुर बुढा मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव सावित्रा रानाको प्रमुख आतिथ्यतामा सोमबार पत्रकार सम्मेलन गरी
जानकारी गराइएको हो ।

मेला घोराही–१४ गोरखा टोलको घोराही–लमही सडक खण्डको छेउमै हुने आयोजकले जनाएको छ । दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी सफल बनाउन नगर अध्यक्ष बुढा मगरले आग्रह गरेका छन् । अध्यक्ष बुढाका अनुसार ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश हुनेछ । अपांगता भएकालाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैगरी प्रवेश शुल्क एक सय रुपैयाँ लाग्ने मगरले बताए । पार्किङ शुल्क लाग्नेछ ।

व्यापारिक स्टल नभएर भेषभुषा र खानाहरुको स्टल रहन्छन्-अध्यक्ष बुढा मगरले भने-‘बाहिर बजारमा जुन किसिमको हल्ला आएको छ त्यो होइन’- उनका अनुसार जातीय संघसंस्थाले लगाउँदै गर्दा व्यापारिक मेला हुँदैन । मेलामा बाल उद्यान,जलपरी,पिङलगायत मनोरञ्जनका साधन हुन्छन् । किनबेच गरे व्यवसाय हो । पैसा तिरेर मनोरञ्जन गर्न त पाइयो । मगर,थारु नेवार जातिका भेषभुषा राख्दा ५०÷६० वटा स्टल रहने बताए । मगर समुदायको घरमा उत्पादन भएको बस्तुलाई निःशुल्क स्टल दिने उनको भनाइ थियो । माघ मेलामा खास आकर्षण राष्ट्रिय र स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।नयाँयुग

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]