
Pbu
Srbpu
Sgr
Rgp1
Gfs
Ses
Ggp
cjs
Djs
Pes
Rgp
pku
Lnp
Unsku

Ssm
Asm
Bbbpu
Hal
Ggd
Tsm
Gst
Wsp
Rsb
Bbu
Ksm
Rgu
Rgs
Sbs
nsb
Pvg
Sls
Vor
Rgu

Abd
Rpp
Rmb
Jmb
Mks
Bml
Jmb
bbt
sab
Syp
Pls
Ptm
Gsb
दाङ । नेपाल मगर संघ घोराही उपमहानगरको आयोजनामा पुस २५ देखि माघ १० गतेसम्म घोराहीमा माघेमेला हुने भएको छ ।
संघका नगर अध्यक्ष बेदबहादुर बुढा मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव सावित्रा रानाको प्रमुख आतिथ्यतामा सोमबार पत्रकार सम्मेलन गरी
जानकारी गराइएको हो ।
मेला घोराही–१४ गोरखा टोलको घोराही–लमही सडक खण्डको छेउमै हुने आयोजकले जनाएको छ । दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी सफल बनाउन नगर अध्यक्ष बुढा मगरले आग्रह गरेका छन् । अध्यक्ष बुढाका अनुसार ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश हुनेछ । अपांगता भएकालाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैगरी प्रवेश शुल्क एक सय रुपैयाँ लाग्ने मगरले बताए । पार्किङ शुल्क लाग्नेछ ।
व्यापारिक स्टल नभएर भेषभुषा र खानाहरुको स्टल रहन्छन्-अध्यक्ष बुढा मगरले भने-‘बाहिर बजारमा जुन किसिमको हल्ला आएको छ त्यो होइन’- उनका अनुसार जातीय संघसंस्थाले लगाउँदै गर्दा व्यापारिक मेला हुँदैन । मेलामा बाल उद्यान,जलपरी,पिङलगायत मनोरञ्जनका साधन हुन्छन् । किनबेच गरे व्यवसाय हो । पैसा तिरेर मनोरञ्जन गर्न त पाइयो । मगर,थारु नेवार जातिका भेषभुषा राख्दा ५०÷६० वटा स्टल रहने बताए । मगर समुदायको घरमा उत्पादन भएको बस्तुलाई निःशुल्क स्टल दिने उनको भनाइ थियो । माघ मेलामा खास आकर्षण राष्ट्रिय र स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।नयाँयुग
