
Srbpu
Rgp
Rgp1
Pes
Pbu
Ses
Ggp
Gfs
Djs
Sgr
Lnp
pku
cjs
Unsku

Asm
Wsp
Gst
Sbs
Rgu
Sls
Pvg
Ggd
Tsm
Bbu
Rgs
nsb
Bbbpu
Hal
Ksm
Vor
Rgu
Rsb
Ssm

Mks
Syp
Pls
Ptm
Jmb
Rpp
Rmb
Abd
sab
bbt
Jmb
Gsb
Bml
दाङ । तुलसीपुरमा रहेको बेलझुण्डी संस्कृत विश्वविद्यालयका उप-कुलपतीमाथि कुटपिट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-६ सुन्दरनगर टोलका ३९ वर्षीय सेर बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।
प्रहरीका अनुसार यहीँ पुष ६ गते ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-१७ बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको उप-कुलपतिको निवासमा जबर्जस्ती प्रवेश गरी उपकुलपतिको स्वकिय सचिव तथा नेपाल संस्कृत विश्वविद्यालय कार्यालयका सामान्य प्रशासन शाखा प्रमुख र विश्वविद्यालयका प्रगतिशील कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्षसमेतलाई अपमानजनक तथा अमानवीय व्यवहार गरी उनी फरार भएका थिए ।
त्यस्तै खोजी गर्दैै जाने क्रममा पुष १८ गते तुलसीपुर उपमहानगरपालिका-१ सिमलतराबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारमाथि दाङ जिल्ला अदालतबाट अपमानजनक तथा अमानवीय व्यवहार मुद्दामा ७ (सात) दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
