
Usb
Rgp
Jns
Rgp
Ggp
Lks
Rgp
Ggp
Dus
lnp
Sgp
Asb
Rgp
Lnp
ksb

lms

दाङ । देउखुरीको लमहीमा लोपोन्मुख बाध्यबादन तथा पन्चेबाजा बजाउने सम्बन्धि ४५ दिने तालिम आइतबारदेखि सुरु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङको आयोजना तथा लमही नगरपालिकाको सहकार्य र नेपाल मगर संघ लमही नगर समितिको समन्वयमा उक्त तालिम सुरु गरिएको हो ।
तालिममा दमाहा, नर्सिंहा, झ्याली, दोलकी, ट्यामको, सहनाई लगायतको बाध्याबादन बजाउने सम्बन्धि तालिम प्रदान गरिने नेपाल मगर संघ लमही नगर समितिका सचिव टीका घर्ती मगर (सिधाान्त)ले जानकारी दिए ।
उक्त तालिममा अहिले २० जना प्रशिक्षार्थी रहेका छन् भने सो तालिम सिक्न चाहनेले सम्पर्क गरेर सिक्न सकिने आयोजकले जनाएको छ । सो तालिमको लमही नगरपालिकाकि उ-पप्रमुख, लक्ष्मी योगी र प्रशासन शाखा प्रमुख महेश थापा ठेडी मगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । निरन्तर ४५ दिनसम्म चलने तालिमको प्रशिक्षका गढवा पन्चेबाजा समूहका प्रशिक्षक रेशम शाही र बिनय बहादुर पुन मगर रहेका छन् ।
