
Pbu
Rgp1
cjs
Srbpu
Sgr
Gfs
Pes
Lnp
Ggp
Ses
Unsku
Rgp
Djs
pku

Bbu
Rgs
Sls
Hal
Sbs
Asm
Gst
Rgu
Ggd
Rsb
Rgu
nsb
Vor
Ksm
Bbbpu
Wsp
Pvg
Tsm
Ssm

Jmb
Bml
sab
Rmb
Jmb
Mks
Abd
Syp
Ptm
bbt
Gsb
Pls
Rpp
दाङ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षित र दक्ष जनशक्तिको पूर्ण परिचालन बिना कुनै पनि राष्ट्र र समाजको दिगो विकास सम्भव नहुने बताएका छन् । वर्तमान युग ज्ञान र प्रविधिको युग भएकाले व्यवहारिक, प्राविधिक तथा गुणस्तरीय शिक्षा अपरिहार्य भइसकेको उनको भनाइ छ ।
शनिबार लमही-६ स्थित गोरखा मोडेल सेकेन्डरी स्कुलको सातौँ वार्षिकोत्सव उद्घाटन समारोहलाई संबोधन गर्दै मन्त्री तिमिल्सिनाले शिक्षा किताबमा मात्र सीमित नरही व्यक्ति, समाज र राष्ट्रको आवश्यकता पूरा गर्न सक्ने हुनुपर्नेमा जोड दिए । उनका अनुसार तीनै तहका सरकारले आफ्नो कुल बजेटको उल्लेख्य अंश शिक्षामा खर्च गर्नुपर्ने आवश्यकता देखिएको छ ।
“लुम्बिनी प्रदेश सरकारले विकास बजेटको अनुपातमा शिक्षामा लगानी गर्दै आइरहेको छ,” मन्त्री तिमिल्सिनाले भने,“तर सोचेअनुसारको प्रतिफल प्राप्त हुन सकेको छैन ।”शिक्षालाई गुणस्तरीय, प्रभावकारी र विश्व बजारमा प्रतिस्पर्धी बनाउन शिक्षा मन्त्रालय तथा स्थानीय तहसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए । ती कार्यक्रमहरु शिक्षकसँग सम्बन्धित मात्र नभई विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने खालका रहेको उनको भनाइ थियो ।
त्यस्तै मन्त्री तिमिल्सिनाले शिक्षा दीर्घकालीन बनाउन व्यवहारिक सिकाइ आवश्यक रहेको उल्लेख गरे । “डटेर अध्ययन र साधनामा लागे मात्रै समाज परिवर्तन सम्भव हुन्छ,”उनले भने,“सानोतिनो ज्ञानले समाज बदल्न सक्दैन । पढ्दै, लेख्दै र बुझ्दै प्राप्त गरिएको ज्ञान नै जीवनभर उपयोगी हुन्छ ।” कार्यक्रममा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले असल शिक्षा प्रतिस्पर्धाको एउटा कठिन परीक्षा भएको बताए ।“सबै मानिस एउटै क्षेत्रमा सफल नहुन सक्छन्,”उनले भने,“त्यसैले आफ्नो क्षमता पहिचान गरी दक्ष ज्ञान हासिल गर्न आवश्यक छ,जसले जीवन र समाज दुवैको विकासमा योगदान पुर्याओस् ।”नगरप्रमुख चौधरीका अनुसार राम्रो शिक्षा सधैँ रचनात्मक हुन्छ र यसले भविष्य निर्माणमा अग्रसर गराउँछ । “उचित शिक्षा नपाउनु समाज विकासका लागि ठूलो घाटा हो,” उनले जोड दिए ।
लमही नगरपालिका उपप्रमख लक्ष्मी योगीले शिक्षाले समाजमा शान्ति स्थापना,गरिबी न्यूनीकरण,जातीय विभेद अन्त्य,सुशासन प्रवर्द्धन र अधिकारप्रति जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताईन । “शिक्षा केवल जागिर खानका लागि मात्र होइन,” उनले भनिन्,“मानव जातिलाई सक्षम, सशक्त र आत्मनिर्भर बनाउने माध्यम पनि हो ।” वडाध्यक्ष सुबेदीले विद्यालयहरूले सुधार योजना र निरन्तर मूल्याङ्कन प्रणाली प्रयोग गरिरहे पनि अपेक्षित परिवर्तन नदेखिएको गुनासो गरिन् । “धेरैजसो कार्यक्रम कक्षाकोठामा नपुगी कागजी रूपमा सीमित छन्,”उनले भनिन्,“यसले विद्यालयलाई अक्षर चिनाउने स्थलमा मात्र सीमित बनाइरहेको छ ।”
कार्यक्रममा गोरखा मोडर्न सेकेन्डरी स्कुलका प्रधानाध्यापक लोकमान रिजालले असल शिक्षा व्यक्ति र समाज विकासको आधार भएको बताए । “एउटा व्यक्तिलाई गुणी बनाउनु भनेको समाज विकासका लागि बलियो पृष्ठभूमि तयार गर्नु हो,” उनले भने । शिक्षाले व्यक्तिको शारीरिक,मानसिक र सामाजिक विकासमा सन्तुलन ल्याई कुशल जीवन जिउन सहयोग गर्ने उनको भनाइ थियो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विज्ञान, समाज र वातावरणसँग सम्बन्धित विविध सिर्जनात्मक तथा अवधारणात्मक प्रदर्शनीहरु प्रस्तुत गरेका थिए । ग्रामीण र शहरी जीवन, वातावरण संरक्षण, प्रविधिको प्रयोगलगायत विषयमा तयार गरिएका प्रदर्शनीले उपस्थित अभिभावक, शिक्षक र अतिथिहरूको ध्यान आकर्षित गरेको थियो । सांस्कृतिक कार्यक्रम, विद्यार्थीहरूको प्रस्तुति तथा प्रदर्शनीसहित सम्पन्न वार्षिकोत्सवले शिक्षालाई व्यवहारिक, गुणस्तरीय र समाजमुखी बनाउने सन्देश दिएको छ ।
गोरखा मोर्डन सेकेण्डरी स्कुल लमहीका अध्यक्ष विष्णु प्रसाद घर्तीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश समाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी,लमही नगरका सँस्थापक नगर प्रमुख कुलबहादुर केसी,नारायण भुषाल,रेशम बहादुर बुढा लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक प्रकाश ओली र सिला रिजालले संयुक्त रुपमा गरेका थिए ।


