
Rgp
cjs
Sgr
Gfs
Unsku
Pbu
Rgp1
pku
Ses
Lnp
Ggp
Djs
Pes
Srbpu

Wsp
Asm
Tsm
Bbu
Ggd
Ksm
Sls
Hal
Rgs
Ssm
Rgu
Rgu
Bbbpu
Pvg
Vor
Sbs
nsb
Rsb
Gst

Gsb
bbt
Bml
Ptm
sab
Syp
Mks
Rmb
Abd
Jmb
Rpp
Jmb
Pls
रोल्पा । रोल्पामा विद्यार्थी बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
सुनछहरी गाउँपालिका वडा नम्बर–१ गामखोला क्षेत्रमा गएराती १० बजेको समयमा विद्यार्थी बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेको उक्त जिप दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पोवाङ रोल्पाबाट ६ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनामा घाइते भएका ११ जनालाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाइएको थियो ।
घाइतेमध्य सुनछहरी गाउँपालिका–४ निवासी १२ बर्षीय सुनिल बिक र १२ बर्षकै दिपा पुनको उपचारकै क्रममा गएराती साढे १२ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य घाइते हुनेहरुमा सुनछहरी गाउँपालिका–४ सिउरीका १५ बर्षीय हिमाल बिक,सोही ठाउँ निवासी १२ बर्षीय अमृता पुन,१४ बर्षीय जमुना बिक,२४ बर्षीया अस्मिता बिक,१५ बर्षीया पवित्रा पुन,१६ बर्षीय शनि बिक,१२ बर्षीया बिपना घर्तीमगर,१५ बर्षीय किसन घर्तीमगर र १५ बर्षकै हस्तिरा बिक रहेका छन् । सबैको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
त्यस्तै घटनापछि जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी बिरेन्द्र वीर विश्वकर्माको कमाण्डमा ७ जनाको थप टोली घटनास्थलतर्फ खटिएको थियो । थप उपचार आवश्यक परेपछि घाइतेहरुलाई गएराति सवा १ बजेको समयमा लुम्बिनी सिटी अस्पताल बुटवल,रुपन्देही रिफर गरिएको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए । यस्तै प्रहरीका अनुसार सेरमबाट सिउरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप गएराती १० बजेको समयमा आफैं अनियन्त्रित भई सडकमै पल्टिँदा दुर्घटना भएको हो । जिप चालक लुंग्री गाउँपालिका–७ हर्जाङ छोपे निवासी २५ वर्षीय मनसुर घर्तीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
