
Sgr
Gfs
Ses
Rgp
pku
Pbu
Djs
Pes
Unsku
Lnp
cjs
Rgp1
Srbpu
Ggp

Pvg
Ksm
Rgs
Asm
Hal
Wsp
Rgu
Ssm
Rgu
Gst
Bbbpu
Sls
Sbs
Ggd
Vor
nsb
Bbu
Rsb
Tsm

Jmb
Jmb
Rpp
Rmb
Pls
Mks
Abd
bbt
Ptm
Syp
Gsb
Bml
sab
दाङ । देउखुरीको गढवा गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयद्धारा शुक्रवार आयोजना गरिएको एक कार्यक्रममा नागरिकहरुले राखेका प्रश्न तथा जिज्ञासाहरुको संबोधन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा आयोजित शान्ती सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्वन्धि अन्तरक्रियात्मक कार्यक्रम तथा सार्वजनिक सुनुवाईमा नागरिकहरुले राखेका जिज्ञासाहरुको संबोधन गरिएको हो ।
चारबर्ष भयो राष्ट्रिय परिचयपत्र टोली आएर बनाएको तर हालसम्म किन पाईएन ? खबरी टोल विकास संस्थाका अध्यक्ष निमबहादुर केसीले प्रश्न गरे । आमाको नामबाट नागरिकता बनाउने कानून आयो कि आएन अनि गैह्र आवासिय नागरिकता कस्तो हो? कार्यक्रमका सहभागिहरुले जिज्ञासा राखे ।
नदीजन्य पदार्थ जिल्लाले नखोल्दा उपभोक्ताहरुलाई सास्ती भएको र आगलागि नियन्त्रणका सामान देउखुरी डिभिजनमा डम्पिङ गरेर राख्नु भन्दा वन समूहहरुलाई समयमै उपलब्ध गराउनुपर्ने नागरिकहरुको सुझाव थियो ।
नेपाल-भारत सिमा क्षेत्रका ७७ पिलर मध्ये हराएको पिलर बनाउनुपर्नेमा नेपालको चाँसो हुनुपर्ने, गढवा–कालाकाटे सडक खण्डमा यातायातका साधन नचल्दा नागरिकहरुलाई सास्ती भएको, नदिजन्य पदार्थ रातारात चोरी हुँदा प्रहरीले निगरानी गर्नुपर्ने,जिल्लामा लाग्ने मेला महोत्सवहरुमा खोरखोरे लगायतका जुवा नियन्त्रण गरिनुपर्ने र सवारी दुर्घटनामा हुने दण्ड सजायँ सम्वन्धि ब्यवस्था आदिका बारेमा नागरिकहरुले जिज्ञासा राख्दै नियन्त्रण नियमनकालागि माग गरेका हुन् ।
कार्यक्रममा शान्ती सुरक्षा,अपराध नियन्त्रण र सेवा प्रवाहका तथा जघन्य अपराध र नियन्त्रणका प्रयासहरुका बारेमा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख डबल बहादुर वमले प्रस्तुतिकरण राखेका थिए । जसमा आत्महत्यका घटनाहरुमा बृद्धि भएको,आर्थीक अपराध र अनलाईन ठगी तथा साइवर अपराधका घटनाहरुमा बृद्धि भएको,वाल यौन र्दुब्यवहारमा बिभिन्न प्रलोभनहरु देखाइने गरेको र अपराधिक घटनामा संलग्न पिडक र पिडितको शैक्षिक योग्यता न्यून रहेको तथ्यांक सार्वजनिक गरिएको थियो ।
नागरिकहरुको जिज्ञासा संबोधन गर्दै ७७ पिलरहरु मध्ये खबरी नाकाको खोलामा रहेको एक पिलर खोलाले बगाएको, जोर नम्बरका पिलर भारतले मर्मत गर्ने र बिजोर नम्बरका पिलरहरु नेपालले मर्मत गर्ने गरेको बताए ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार आर्थिैक बर्ष २०८१÷०८२ मा बैदेशिक रोजगार सम्वन्धि ५५ मुद्दाहरु परेकोमा १८ निरुपण भै ६६ लाख ८५ हजार बिगो कायम भै राजश्व संकलन भएको, बिभिन्न कसुरका मुद्दाहरु १ हजार २ सय त्रिचालिस मध्ये १ हजार १ सय २८ निरुपण भै २०८१÷० ८२ मा ११ करोड बराबरको राज्श्व नेपाल सरकारमा जम्मा भएको कार्यक्रममा जानकारी गराइएको थियो । गत आर्थिक बर्षमा जिल्ला प्रशासन कार्यालयले प्रवाह गरेका सेवा अन्तर्गत ३६ संस्थादता गरिएको, ३ सय ११ संस्था नविकरण गरिएको, ३९ हातहतियार नविकरण गरिएको, ६१ हजार ६ सय ९९ राष्ट्रिय परिचय पत्र दर्ता, २० हजार ४ सय ९५ राहदानी र १७ हजार ५ सय ९१ नागरिकता वितरण गरिएको तथ्यांक सार्वजनिक गरिएको थियो ।
जसमध्ये आमाको नामबाट ५ र गैह्र आवासिय १२ नेपाली नागरिकता जारी भएको पाइएको छ । यस आव मा फरार प्रतिवादी २ सय २५ मा ६४ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको र जसबाट ७ लाख ४१ हजार बराबरको राजश्व असुली भएको कार्यक्रममा जानकारी गराइएको हो । कार्यक्रममा नागरिकहरुबाट आएका जिज्ञासाहरुको संबोधन गर्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रल, प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याल,जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक दिपक श्रेष्ठ,शसस्त्र प्रहरी वलका प्रहरी उपरिक्षक मनोज कुमार धिताल र इलाका प्रहरी कार्यालय गढवाका प्रमुख डबल बहादुर बम लगायतले बोलेका थिए ।

