
cjs
Gfs
Srbpu
Ses
Sgr
Djs
pku
Pbu
Ggp
Rgp1
Pes
Unsku
Lnp
Rgp

Ssm
Bbbpu
Vor
Pvg
Hal
nsb
Sbs
Rgu
Wsp
Gst
Sls
Rgs
Asm
Bbu
Ggd
Tsm
Rsb
Rgu
Ksm

Jmb
Mks
Rmb
Gsb
Rpp
Jmb
Pls
Abd
Ptm
bbt
sab
Syp
Bml
दाङ । देउखुरीको लमहीमा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको यस नगरले सरसफाइ अभियानलाई बृहत् रुपमा अघि बढाउन थालेको छ । शनिबार नागरिक सहभागितामा बृहत् सरसफाइ अभियानको शुभारम्भ गरिएको छ ।
टोल विकास संस्था,सुरक्षा निकाय,जनप्रतिनिधि, नागरिक समाज,उद्योगी तथा व्यवसायीहरूको सक्रिय सहभागितामा सरसफाइ अभियान सुरु गरिएको हो । जनघनत्व बढ्दै जाँदा सार्वजनिक स्थलहरू फोहोर बन्दै गएका छन् । सडक किनार, ढल तथा नाला, बजार क्षेत्रका खोल्सा र खोलाहरू फोहोर र दुर्गन्धको चपेटामा परेका छन् ।
त्यस्तै नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको अभियानकर्मी डिल्लीराज खनालले बताए । “लमही नगरको सुन्दरता नगरपालिका एक्लो प्रयासले जोगाउन सकिँदैन,” उनले भने, “यसका लागि सबैको साथ र सहभागिता अनिवार्य छ । अभियान सुरु भएको छ, अब यसको निरन्तरता आवश्यक छ ।” यस्तै सरसफाइ अभियानलाई बजार केन्द्रित गर्दै चार क्षेत्रबाट चारवटा मोर्चा बनाएर सञ्चालन गरिएको थियो ।
आदर्श नमुना माध्यमिक विद्यालयबाट नगर प्रमुख जोगराज चौधरी, बसपार्क क्षेत्रबाट उपप्रमुख लक्ष्मी योगी,ट्रमा सेन्टरतर्फ प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी र वडा कार्यालयतर्फ वडा अध्यक्ष ओमप्रसाद सुवेदीको नेतृत्वमा मोर्चा गठन गरिएको थियो । अभियानमा टोल विकास संस्था,सुरक्षा निकाय,नागरिक अभियन्ता तथा उद्योगी– व्यवसायीहरुको सहभागिता रहेको थियो ।
यस्तै “नागरिकको सहभागितामै हामीले यो अभियान अघि बढाएका हौँ । यो अभियान निरन्तर चलिरहन्छ, ” नगर प्रमुख जोगराज चौधरीले भने,“स्वच्छ,स्वस्थ र सुन्दर नगर नगरबासीको पहिचान हो ।”
उपप्रमुख लक्ष्मी योगीले हरेक योजना नागरिकको सहभागितामै सफल हुने बताउँदै सरसफाइ अभियानमा नागरिकको अपनत्व देखिएको उल्लेख गरिन् । “नागरिकको सहभागितामै सुन्दर नगर निर्माण सम्भव हुन्छ,”उनले भनिन्,“यस अभियानलाई अन्य क्षेत्रका लागि पनि उदाहरणका रुपमा लैजान आवश्यक छ ।”
प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले सबैको सहकार्यमा गरिएको निर्णय कार्यान्वयनमा ल्याइएको र सरसफाइ अभियान नागरिककै स्वामित्वमा हस्तान्तरण गरिएको बताए । “नागरिकको स्वामित्वमा यो अभियानलाई अझ व्यापक बनाउन सकिन्छ,” उनले भने, “त्यसैले सरसफाइ अभियानलाई टोल केन्द्रित गरिएको हो । टोल विकास संस्थाले नै यसलाई परिचालन गरी प्रभावकारी बनाउनुपर्छ ।”
त्यस्तै लमही नगरपालिकाले सरसफाइ अभियानलाई कडाइका साथ लागू गर्ने योजना बनाएको छ । अब सरसफाइमा सक्रिय टोल विकास संस्थालाई प्रोत्साहन गरिने र फोहोर गर्नेहरूलाई दण्डित गर्ने व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।
साभार देशसञ्चार
