
Jns
Asb
Ggp
Lnp
Rgp
Rgp
Dus
Sgp
lnp
Ggp
Lks
Rgp
Usb
Rgp
ksb

lms

दाङ । देउखुरीको लमहीमा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको यस नगरले सरसफाइ अभियानलाई बृहत् रुपमा अघि बढाउन थालेको छ । शनिबार नागरिक सहभागितामा बृहत् सरसफाइ अभियानको शुभारम्भ गरिएको छ ।
टोल विकास संस्था,सुरक्षा निकाय,जनप्रतिनिधि, नागरिक समाज,उद्योगी तथा व्यवसायीहरूको सक्रिय सहभागितामा सरसफाइ अभियान सुरु गरिएको हो । जनघनत्व बढ्दै जाँदा सार्वजनिक स्थलहरू फोहोर बन्दै गएका छन् । सडक किनार, ढल तथा नाला, बजार क्षेत्रका खोल्सा र खोलाहरू फोहोर र दुर्गन्धको चपेटामा परेका छन् ।
त्यस्तै नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको अभियानकर्मी डिल्लीराज खनालले बताए । “लमही नगरको सुन्दरता नगरपालिका एक्लो प्रयासले जोगाउन सकिँदैन,” उनले भने, “यसका लागि सबैको साथ र सहभागिता अनिवार्य छ । अभियान सुरु भएको छ, अब यसको निरन्तरता आवश्यक छ ।” यस्तै सरसफाइ अभियानलाई बजार केन्द्रित गर्दै चार क्षेत्रबाट चारवटा मोर्चा बनाएर सञ्चालन गरिएको थियो ।
आदर्श नमुना माध्यमिक विद्यालयबाट नगर प्रमुख जोगराज चौधरी, बसपार्क क्षेत्रबाट उपप्रमुख लक्ष्मी योगी,ट्रमा सेन्टरतर्फ प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी र वडा कार्यालयतर्फ वडा अध्यक्ष ओमप्रसाद सुवेदीको नेतृत्वमा मोर्चा गठन गरिएको थियो । अभियानमा टोल विकास संस्था,सुरक्षा निकाय,नागरिक अभियन्ता तथा उद्योगी– व्यवसायीहरुको सहभागिता रहेको थियो ।
यस्तै “नागरिकको सहभागितामै हामीले यो अभियान अघि बढाएका हौँ । यो अभियान निरन्तर चलिरहन्छ, ” नगर प्रमुख जोगराज चौधरीले भने,“स्वच्छ,स्वस्थ र सुन्दर नगर नगरबासीको पहिचान हो ।”
उपप्रमुख लक्ष्मी योगीले हरेक योजना नागरिकको सहभागितामै सफल हुने बताउँदै सरसफाइ अभियानमा नागरिकको अपनत्व देखिएको उल्लेख गरिन् । “नागरिकको सहभागितामै सुन्दर नगर निर्माण सम्भव हुन्छ,”उनले भनिन्,“यस अभियानलाई अन्य क्षेत्रका लागि पनि उदाहरणका रुपमा लैजान आवश्यक छ ।”
प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले सबैको सहकार्यमा गरिएको निर्णय कार्यान्वयनमा ल्याइएको र सरसफाइ अभियान नागरिककै स्वामित्वमा हस्तान्तरण गरिएको बताए । “नागरिकको स्वामित्वमा यो अभियानलाई अझ व्यापक बनाउन सकिन्छ,” उनले भने, “त्यसैले सरसफाइ अभियानलाई टोल केन्द्रित गरिएको हो । टोल विकास संस्थाले नै यसलाई परिचालन गरी प्रभावकारी बनाउनुपर्छ ।”
त्यस्तै लमही नगरपालिकाले सरसफाइ अभियानलाई कडाइका साथ लागू गर्ने योजना बनाएको छ । अब सरसफाइमा सक्रिय टोल विकास संस्थालाई प्रोत्साहन गरिने र फोहोर गर्नेहरूलाई दण्डित गर्ने व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।
साभार देशसञ्चार
