
Ggp
Rgp
Pbu
Lnp
Srbpu
Gfs
Pes
cjs
Rgp1
Unsku
Ses
pku
Djs
Sgr

Rsb
Sbs
Ssm
Bbbpu
Vor
Gst
Rgu
Rgs
Bbu
Pvg
Hal
Ggd
nsb
Rgu
Sls
Tsm
Wsp
Asm
Ksm

Jmb
Ptm
Pls
sab
Abd
Gsb
Rmb
Mks
Jmb
bbt
Bml
Rpp
Syp
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७, वन घ्रुसीमा रहेको कर्री सामुदायिक वन उपभोक्ता समूहले मंगलबार प्रत्येक टोलहरुमा दाउरा वितरण गरेको छ ।
अत्यधिक चिसो बढेपछि चिसोलाई मध्यनजर गर्दै समूहका अध्यक्ष किशोर कुमार घर्ती मगर,वरिष्ठ उपाध्यक्ष हरिराम चौधरी,उपाध्यक्ष देबा वली,सचिव छोटकनैया चौधरी, कोषाध्यक्ष महावीर चौधरी, सहसचिव पवित्रा घर्ती मगर,सल्लाहकारहरु शिवराज गिरी,अनन्तराम चौधरी, खोजिरम चौधरी लगायतले नितिगत निर्णय गरेर उपभोक्ताहरुको लागि दाउरा प्रदान गरिएको हो ।
समूहले कप्तानगन्जको खेम चोक,दीप चोक,वन घ्रुसीको पश्चिम् टोल थारु होम स्टे चोक,पुर्वको होम स्टे चोक,इमिली चोक लगायतमा आगो ताप्नका लागि दाउराहरु उपलब्ध गराएको छ । भने समूहले वडा नम्बर ७ को वडा कार्यालयमा पनि दाउरा उपलब्ध गराएको छ । यस्तै जाडोका कारण असहज भएको समयमा दाउरा बालेर आगो ताप्न पाएपछि स्थानीय बासीहरु धेरै खुशी भएका छन् । उनिहरुले समूहको यो निर्णय सराहनीय रहेको समेत बताएका छन् ।
त्यस्तै समूहले आफ्नो कार्य क्षेत्रको टोल बस्तीसंगै लमहीको इलाका प्रशासन कार्यालय,वडा प्रहरी कार्यालय,ट्राफिक प्रहरी कार्यालय र लमही-६,अर्जुन खोला चोक,वडा नम्बर ५,लमही बस पार्क,धमिना चोकहरुमा समेत आगो ताप्नका लागि दाउरा उपलब्ध गराएको समूहका अध्यक्ष किशोर घर्ती मगरले जानकारी दिए ।
