
Dus
Jns
Asb
Lks
Rgp
Sgp
Ggp
Rgp
Usb
Lnp
Rgp
ksb
Rgp
Ggp
lnp

lms

रुपन्देही । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी र सञ्चार क्षेत्रबीचको सम्बन्ध नङ र मासुजस्तै अटुट रहेको बताएका छन् । सोमबार लुम्बिनी प्रेस क्लबको ११ औं स्थापना दिवस तथा तेस्रो लुम्बिनी न्युज फेस्टिवलको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
समाजमा लुकेका अपराधलाई बाहिर ल्याउन सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आईजीपी कार्कीले सन्तुलित पत्रकारिताले नै सञ्चार क्षेत्रप्रतिको विश्वास बढाउने धारणा राखे । उनले कतिपय अवस्थामा प्रहरीभन्दा पहिले घटनास्थलमा पुगेर सञ्चारकर्मीले प्रमाण जुटाउन र दोषी पक्राउ गर्न मद्दत गरेको भन्दै सञ्चारकर्मीको सक्रियताको प्रशंसा गरे ।
समारोहमा बोल्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले लुम्बिनीबाट सुरु भएको शान्ति पत्रयात्राले मुलुकमा स्थायी शान्ति स्थापनाका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहेको सन्देश दिएको बताए । यस्तै,प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारिताको मर्यादा र आचारसंहिता पालना गर्ने मिडियालाई काउन्सिलले सधैं संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
औपचारिक कार्यक्रम सुरु हुनुअघि आईजीपी कार्कीले पर्साचोकदेखि बेबी बुद्धसम्म आयोजित ‘हेरिटेज वाक’ को शुभारम्भ समेत गरेका थिए । कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी कार्यबाहक नगरप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, प्रेस काउन्सिल सदस्य नकुल अर्याल लगायतले लुम्बिनीको पर्यटन प्रवद्र्धन र समाजलाई सकारात्मक दिशातर्फ लैजान पत्रकारिताको भूमिकाबारे चर्चा गरेका थिए ।
क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थापक अध्यक्ष माधव ढुंगाना र संयोजक पुनहरि बेल्बासेले क्लबको यात्रा र योगदानबारे चर्चा समेत गरेका थिए ।
