
Lnp
Pes
Pbu
Rgp
Ggp
pku
Ses
Rgp1
Sgr
Unsku
Djs
Srbpu
Gfs
cjs

nsb
Hal
Vor
Ksm
Rgu
Gst
Sbs
Sls
Wsp
Pvg
Rsb
Tsm
Rgu
Bbu
Rgs
Ggd
Bbbpu
Ssm
Asm

Ptm
Pls
Bml
sab
Jmb
bbt
Rmb
Gsb
Rpp
Abd
Jmb
Mks
Syp
रुपन्देही । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी र सञ्चार क्षेत्रबीचको सम्बन्ध नङ र मासुजस्तै अटुट रहेको बताएका छन् । सोमबार लुम्बिनी प्रेस क्लबको ११ औं स्थापना दिवस तथा तेस्रो लुम्बिनी न्युज फेस्टिवलको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
समाजमा लुकेका अपराधलाई बाहिर ल्याउन सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आईजीपी कार्कीले सन्तुलित पत्रकारिताले नै सञ्चार क्षेत्रप्रतिको विश्वास बढाउने धारणा राखे । उनले कतिपय अवस्थामा प्रहरीभन्दा पहिले घटनास्थलमा पुगेर सञ्चारकर्मीले प्रमाण जुटाउन र दोषी पक्राउ गर्न मद्दत गरेको भन्दै सञ्चारकर्मीको सक्रियताको प्रशंसा गरे ।
समारोहमा बोल्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले लुम्बिनीबाट सुरु भएको शान्ति पत्रयात्राले मुलुकमा स्थायी शान्ति स्थापनाका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहेको सन्देश दिएको बताए । यस्तै,प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारिताको मर्यादा र आचारसंहिता पालना गर्ने मिडियालाई काउन्सिलले सधैं संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
औपचारिक कार्यक्रम सुरु हुनुअघि आईजीपी कार्कीले पर्साचोकदेखि बेबी बुद्धसम्म आयोजित ‘हेरिटेज वाक’ को शुभारम्भ समेत गरेका थिए । कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी कार्यबाहक नगरप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, प्रेस काउन्सिल सदस्य नकुल अर्याल लगायतले लुम्बिनीको पर्यटन प्रवद्र्धन र समाजलाई सकारात्मक दिशातर्फ लैजान पत्रकारिताको भूमिकाबारे चर्चा गरेका थिए ।
क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थापक अध्यक्ष माधव ढुंगाना र संयोजक पुनहरि बेल्बासेले क्लबको यात्रा र योगदानबारे चर्चा समेत गरेका थिए ।
