
ksb
Sgp
Lks
Rgp
Lnp
Usb
Asb
Ggp
Rgp
Rgp
lnp
Dus
Ggp
Jns
Rgp

lms

दाङ । देउखुरी सहित तराईमा चिसो बढेसँगै यहीँको जनजीवन प्रभावित भएको छ । तराईमा केहीदिन देखि शुरु भएको शीतलहरले देउखुरी लगायत तराई जिल्लामा जनजीवन प्रभावित बनेको हो ।
शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् । शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेको स्थानीय बताउँछन् । चिसो बढेसँगै देउखुरी र यस आसपासका स्थानमा चोक, बाटोमा स्थानीयहरु घर, लमही बजार र आसपासका विभिन्न चोकहरुमा (काठको मुढा बालेर आगो) ताप्न थालेका छन् ।
अत्यधिक जाडो बढेपछि स्थानीयहरूले चोकचोकमा मुढा बालेर शरीर न्यानो बनाउने प्रयास गरिरहेका छन् । विशेषगरी बजारका पसले,व्यापारी तथा दैनिक मजदुरी गर्ने वर्गलाई चिसोले बढी सताएको छ । लामो समयदेखि घामको मुख देख्न नपाएपछि उनीहरू कामसँगै आगोको सहारा लिन बाध्य छन् । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले आगो ताप्न ठाउँठाउँमा मुडा राखिदिएको छ । अत्यधिक शीतलहर बढेपछि लमहीका विभिन्न स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चोकचोकमा आगो बाल्न दाउरा वितरण गरेका छन् । नेपाली सेना ज्वाला दल गण अर्जुनखोलाका प्रमुख दिपक बुढाथोकीको कमान्डमा चिसो प्रभावित स्थानीय तथा यात्रुलाई दाउरा वितरण गरि आगो बालिएको हो ।
त्यस्तै चोकमा बालिएको आगोबाट उनीहरूले राहत महसुस गरेका छन् । संकटको यस घडीमा अन्य निकायको उपस्थिति न्यून रहेको अवस्थामा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले दाउराको व्यवस्था गरी सहयोग गरेको स्थानीयले बताएका छन् । चिसोको प्रभाव बढ्दै जान थालेपछि सामुदायिक वनले सोमबार विहानै देखि लमही बजारका विभिन्न चोकमा दाउरा बाल्न व्यवस्था सुरु गरेको हो । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले लमही बजार क्षेत्रको मुख्य चोक,लमही बसपार्क,धमिला बोटा, गोल घर,साहामार्ग,वि.सि. यो.रोड, कान्छी रोड,लमही गल्ली र हाइवे सडक छेवैमा दाउरा बाल्न थालिएको जानकारी दिए । उनले भने,–।
बढ्दो चिसोबाट स्थानिय र यात्रुवर्ग लाई जोगाउन तत्काल राहतको कार्यक्रम सुरु गरिएको हो । लमही नगरपालिका,५ नम्बर को वडा कार्यालय,नेपाली सेना ज्याला दल गण,वडा प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४१ रिजर्भ हेक्वा गण अर्जुन खोलाको समन्यमा लमही क्षेत्रमा दाउरा बालिएको हो । बजार क्षेत्रका आवश्यक स्थानमा दाउरा वितरण गरिरहेका छौँ ।’
