
Gfs
Srbpu
Lnp
Pes
Unsku
Pbu
Ses
pku
cjs
Sgr
Rgp
Djs
Ggp
Rgp1

Rgu
Rsb
nsb
Sbs
Sls
Ggd
Wsp
Asm
Gst
Bbbpu
Hal
Rgu
Vor
Bbu
Tsm
Rgs
Ssm
Ksm
Pvg

Jmb
Jmb
Abd
Syp
sab
bbt
Bml
Rpp
Gsb
Ptm
Mks
Pls
Rmb
दाङ । देउखुरी सहित तराईमा चिसो बढेसँगै यहीँको जनजीवन प्रभावित भएको छ । तराईमा केहीदिन देखि शुरु भएको शीतलहरले देउखुरी लगायत तराई जिल्लामा जनजीवन प्रभावित बनेको हो ।
शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् । शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेको स्थानीय बताउँछन् । चिसो बढेसँगै देउखुरी र यस आसपासका स्थानमा चोक, बाटोमा स्थानीयहरु घर, लमही बजार र आसपासका विभिन्न चोकहरुमा (काठको मुढा बालेर आगो) ताप्न थालेका छन् ।
अत्यधिक जाडो बढेपछि स्थानीयहरूले चोकचोकमा मुढा बालेर शरीर न्यानो बनाउने प्रयास गरिरहेका छन् । विशेषगरी बजारका पसले,व्यापारी तथा दैनिक मजदुरी गर्ने वर्गलाई चिसोले बढी सताएको छ । लामो समयदेखि घामको मुख देख्न नपाएपछि उनीहरू कामसँगै आगोको सहारा लिन बाध्य छन् । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले आगो ताप्न ठाउँठाउँमा मुडा राखिदिएको छ । अत्यधिक शीतलहर बढेपछि लमहीका विभिन्न स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चोकचोकमा आगो बाल्न दाउरा वितरण गरेका छन् । नेपाली सेना ज्वाला दल गण अर्जुनखोलाका प्रमुख दिपक बुढाथोकीको कमान्डमा चिसो प्रभावित स्थानीय तथा यात्रुलाई दाउरा वितरण गरि आगो बालिएको हो ।
त्यस्तै चोकमा बालिएको आगोबाट उनीहरूले राहत महसुस गरेका छन् । संकटको यस घडीमा अन्य निकायको उपस्थिति न्यून रहेको अवस्थामा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले दाउराको व्यवस्था गरी सहयोग गरेको स्थानीयले बताएका छन् । चिसोको प्रभाव बढ्दै जान थालेपछि सामुदायिक वनले सोमबार विहानै देखि लमही बजारका विभिन्न चोकमा दाउरा बाल्न व्यवस्था सुरु गरेको हो । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले लमही बजार क्षेत्रको मुख्य चोक,लमही बसपार्क,धमिला बोटा, गोल घर,साहामार्ग,वि.सि. यो.रोड, कान्छी रोड,लमही गल्ली र हाइवे सडक छेवैमा दाउरा बाल्न थालिएको जानकारी दिए । उनले भने,–।
बढ्दो चिसोबाट स्थानिय र यात्रुवर्ग लाई जोगाउन तत्काल राहतको कार्यक्रम सुरु गरिएको हो । लमही नगरपालिका,५ नम्बर को वडा कार्यालय,नेपाली सेना ज्याला दल गण,वडा प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४१ रिजर्भ हेक्वा गण अर्जुन खोलाको समन्यमा लमही क्षेत्रमा दाउरा बालिएको हो । बजार क्षेत्रका आवश्यक स्थानमा दाउरा वितरण गरिरहेका छौँ ।’
