
Gfs
pku
Sgr
Ggp
cjs
Djs
Rgp
Unsku
Pes
Srbpu
Ses
Lnp
Rgp1
Pbu

Pvg
Bbbpu
nsb
Ggd
Vor
Tsm
Hal
Sbs
Rsb
Rgu
Ssm
Rgu
Bbu
Asm
Wsp
Sls
Gst
Rgs
Ksm

Ptm
Jmb
Rmb
Gsb
sab
Abd
Bml
Jmb
Mks
Syp
Rpp
Pls
bbt
दाङ । देउखुरीको गढवा गाउँपालिकामा बीमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुबीच बीमाप्रति नागरिकको पहुँच र भुक्तानी प्रक्रियाका चुनौतीहरुबारे आइतबार गम्भीर बहस र छलफल भएको छ।
नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख जमुना अर्यालको अध्यक्षता तथा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालको प्रमुख आतिथ्यता र वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको विशिष्ट आतिथिमा भएको कार्यक्रममा सहभागीहरुले बीमा भुक्तानी सहज तर समयमै हुनुपर्ने,स्वास्थ्य बीमा काउन्टर व्यवस्थापन सुदृढ गर्न आवश्यक रहेको,जीवन तथा वैदेशिक रोजगार बीमामा बिचौलियाको प्रभाव हटाउनुपर्ने तथा बीमापछिको सेवाप्रवाह नागरिकमैत्री बनाउनुपर्ने जस्ता सुझावहरु राख्दै बीमाप्रति जनविश्वास बढाउन संस्थागत सुधारको माग गरेका थिए ।
नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा तथा गढवा गाउँपालिकाको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा सुरुमा प्राधिकरणका बलराम गिरीले स्वागत मन्तव्य राखेपछि सहायक निर्देशक शिवराज केसीले लुम्बिनी प्रदेशमा जीवन तथा निर्जीवन बीमाको अवस्था,नेपालभर बीमाको पहुँच, जोखिम प्रबन्धन र बीमाका सिद्धान्तहरूबारे तथ्यांकसहित प्रस्तुतिकरण गरेका थिए । उनका अनुसार आर्थिक वर्ष २०५७/०७६ मा १७ प्रतिशतमा सीमित रहेको जीवन बीमाको पहुँच २०८२ असोज मसान्तसम्म ४९.०५ प्रतिशत पुगेको छ, जसअनुसार अझै आधाभन्दा बढी नागरिक जीवन बीमाबाहिर रहेका छन् ।
प्रस्तुतिकरणपछि उठेका सवालहरूको जवाफ दिँदै सहायक निर्देशक शिवराज बिसीले बीमा कम्पनीहरुले नियमविपरीत गतिविधि गरे उजुरी दिन सकिने र प्रमाण फेला परे प्राधिकरण कारबाहीबाट पछि नहट्ने स्पष्ट पार्दै नीतिगत कमजोरी भए पनि जनताको हकहित र सेवाप्रवाह सुनिश्चिततामा प्राधिकरण दृढ रहेको बताए ।
कार्यक्रममा बोल्दै सहभागी बक्ताहरुले वैदेशिक रोजगारका श्रमिकको बीमा भुक्तानीमा बिचौलियाको उपस्थिति,स्वास्थ्य बीमा नगद काउन्टरलाई प्राथमिकता दिइए पनि बीमा काउन्टरमै कमजोरी रहने,बीमाको पहिलो किस्ता बुझाएपछि अर्को किस्ता नतिर्दा भुक्तानी असफल हुने प्रणाली जस्ता बुँदामा सुधारका माग राख्दै बीमा कम्पनीहरू जनतासँग जवाफदेही बन्नुपर्नेसमेत संकेत गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले बीमा भुक्तानी प्रक्रियामा देखिएका समस्या नागरिकका प्रश्न र अनुभवकै आधारमा पहिचान भइरहेका भएकाले अब सेवा सहज,छिटो र पारदर्शी बनाउने दिशामा बीमा कम्पनी,प्राधिकरण र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै,“जनताको विश्वास बढाउन समयमै भुक्तानी र सजिलै सेवा उपलब्ध गराउन सक्ने वातावरण बनाउनु अहिलेको मुख्य आवश्यकता हो,स्थानीय तह यसमा सहकार्य र समन्वयका लागि तयार रहेको बताए ।
त्यसैगरी विशिष्ट अतिथि ६ नम्बर वडाध्यक्ष वीरबहादुर आले मगरले सर्वाधिक आवश्यक परेको बिपन्न तथा जोखिमग्रस्त समुदाय नै बीमाबाट बाहिर रहेको उल्लेख गर्दै चेतनाको कमी,सूचना अभाव र भुक्तानी प्रक्रियाको झन्झटले नागरिक विमाबारे सकारात्मक सोच बनाउन नसकेको बताए । उनका अनुसार बीमा कम्पनीका एजेन्ट गाउँ–गाउँ पुगे पनि नागरिकहरु अझै बीमा आफ्नो सुरक्षाका लागि हो भनेर बुझ्न नसकेको स्थिति छ,भुक्तानीलाई सरल बनाएर लक्षित समुदायसम्म बीमाको पहुँच पुर्याए मात्रै बीमाप्रति विश्वास र सहभागिता बढ्ने हो वडाध्यक्ष आलेले भने ।
सहभागीहरुको गुनासो,स्थानीय प्रतिनिधिहरुको धारणा र प्राधिकरणका अधिकारीहरुको प्रतिबद्धताबीच सम्पन्न कार्यक्रमले भुक्तानी प्रक्रियाको सरलीकरण,बिचौलियाको प्रभाव नियन्त्रण,लक्षित वर्गसम्म बीमाको पहुँच विस्तार र नागरिकमैत्री सेवा प्रवाह यी चार विषयलाई मुख्य एजेन्डाका रूपमा उजागर गरिदिएको छ । कार्यक्रम अन्त्यसँगै उपस्थितहरुले बीमा विस्तार र भुक्तानी सुधारका विषयमा निरन्तर संवाद आवश्यक रहेको भन्दै बीमाप्रति जनचेतना र विश्वास निर्माणको बाटो स्थानीय तह,बीमा कम्पनी र प्राधिकरणको सहकार्यबाट मात्रै सहज हुने धारणा व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको छ ।
