
Ggp
Ggp
Rgp
lnp
ksb
Rgp
Dus
Rgp
Asb
Sgp
Usb
Rgp
Jns
Lks
Lnp

lms

दाङ । नेपाल कुमाल समाज दाङको दोस्रो जिल्ला अधिवेशन तथा चौथो साधारणसभा शनिबार देउखुरीको लमहीमा सम्पन्न भएको छ ।
उक्त अधिवेशनले नेपाल कुमाल समाज दाङको जिल्ला अध्यक्षमा पुनः रामलाल कुमाललाई चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा बालाराम कुमाल,उपाध्यक्ष रचना कुमाल, सचिवमा सुनिता कुमाल,सहसचिवमा राजु कुमाल र कोषाध्यक्षमा कविता कुमाल चयन भएका छन् ।
त्यस्तै गौरी कुमाल,कर्ण बहादुर कुमाल,मायादेवी कुमाल, सृजना कुमाल,घनश्याम कुमाल,पुनाराम कुमाल,छविलाल कुमाल,सृजना कुमाल,वरिष्ठ सदस्यमा गणेश कुमाल र डिल बहादुर कुमाल सदस्यमा चयन भएका छन् ।
नेपाल कुमाल समाजले केही वर्ष यता आफ्नो समुदायको मौलिक कला,संस्कृति र पहिचान जगेर्ना गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ । समाजले परम्परागत सीप–कला संरक्षण,भाषा र संस्कृतिको प्रवर्द्धन,युवा तथा बालबालिकालाई लक्षित सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । साथै समुदायको समग्र सामाजिक-आर्थिक विकासमा टेवा पुग्ने कार्यहरु निरन्तर अघि बढाइरहेको नेपाल कुमाल समाज दाङका अध्यक्ष रामलाल कुमालले जानकारी दिए । उनका अनुसार कुमाल समुदायको लोप हुँदै गएको भेष भूसालाई समेत प्रचलनमा ल्याउने प्रयास भैरहेको छ ।
