
Unsku
cjs
Srbpu
Rgp
Lnp
Djs
Gfs
pku
Ggp
Rgp1
Pbu
Ses
Pes
Sgr

Bbbpu
Rgs
Hal
Wsp
Tsm
Vor
nsb
Rsb
Ggd
Rgu
Gst
Pvg
Asm
Sls
Ssm
Rgu
Ksm
Bbu
Sbs

Ptm
Jmb
Bml
Rpp
Gsb
Syp
bbt
Mks
Pls
Rmb
Jmb
sab
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा २ दिने प्रार्थना व्यवस्थापन र साङ्गितिक PT तथा १ दिने व्यवहारिक उत्प्रेरणा कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
विद्यालयको शैक्षिक वातावरण सुधार,शिक्षकको पेशागत क्षमता विकास तथा सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका प्रत्येक सामुदायिक तथा संस्थागत विद्यालयबाट मावितर्फ दुई-दुई जना र आधारभुत तहतर्फका एक–एक जना शिक्षकलाई २ दिने प्रार्थना व्यवस्थापन एवम् साङ्गितिक PT कार्यक्रममा सहभागी गराइएको थियो भने तेस्रो दिन व्यवहारिक उत्प्रेरणासम्बन्धी तालिममा विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुको साथै अभिभावक ,विद्यार्थीहरुको समेत सहभागितामा भएको थियो ।
यसैबीच राष्ट्रिय प्रशिक्षक हरिस वलीले सहभागी सबैलाई प्रशिक्षण दिदै व्यवहारिक अभ्यास, साङ्गितिक संकेतमार्फत सकारात्मक सोच विकास, विद्यालयमा अनुशासन तथा शिक्षक तथा विद्यार्थीको मनोबल अभिवृद्धिका लागि माया बाड्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहभागी शिक्षक तथा विद्यालय प्रतिनिधिहरुले शिक्षा अधिकृत बासुदेव खनालको केवल दुई महिने कार्यकालमै राजपुरको शिक्षा क्षेत्रमा देखिएको सक्रियता,समन्वय र सकारात्मक परिवर्तनको अनुभूति भएको बताएका छन्। उनीहरुका अनुसार विद्यालय अनुगमन,शैक्षिक गतिविधिमा चासो र शिक्षक–प्रशासनबीचको सहकार्यमा उल्लेखनीय सुधार देखिएको छ।
सहभागीहरुले यस्ता उत्प्रेरणामूलक कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर,नैतिक मूल्य र विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरुमा थप सुधारात्मक पक्षमा निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।
कार्यक्रमको समापन गर्ने क्रममा राजपुर गाउँ पालिका अध्यक्ष शरद कुमार बुढाथोकीले शिक्षा क्षेत्रको सुधारका लागि आँफु लागि रहेको बताए।
