
Srbpu
Pbu
Lnp
Pes
Rgp
Rgp1
Unsku
Djs
Ses
Ggp
Gfs
pku
Sgr
cjs

Bbbpu
Hal
Rgu
nsb
Rsb
Pvg
Ssm
Wsp
Sls
Ggd
Bbu
Asm
Rgs
Rgu
Tsm
Ksm
Sbs
Vor
Gst

bbt
Gsb
Jmb
Syp
Mks
Rmb
Ptm
sab
Bml
Abd
Jmb
Rpp
Pls
दाङ । नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेशस्तरीय भेला सोमबार दाङको लमहीमा शुरु भएको छ ।
लुम्बिनी प्रदेशका निजी क्षेत्रका अगुवा तथा जिम्मेवार प्रतिनिधिहरु लमहीमा भेला भएर व्यवसायीलाई परेका पिर मर्काहरुको बारेमा एक आपसमा चर्चा मात्रै गरेनन्,राज्यलाई खबरदारी गर्नेगरी आवाज उठाएका छन् ।
व्यवसायीहरुको बीचको एकतालाई बलियो बनाउँदै व्यावसायिक सुरक्षालाई जोड दिइएको छ । दुई दिनसम्म चल्ने भेलामा ब्यावसायिक एकता, पर्यटन प्रवद्र्धन र आसन्न महासंघको निर्वाचन केन्द्रित छलफल गरिने प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । ‘व्यावसायिक एकतालेनै हामीलाई सफल बनाउने हो । जे जति चुनौतीहरु हाम्रासामु छन्,तिनको समाधान भनेकै हामीहरुबीचको एकताले निर्धारण गर्छ’– उनले भने– ‘व्यवसायी साथीहरुको साथलेनै लुम्बिनी प्रदेशले यस प्रकारको उचाई लिन सफल भएको हो ।’
त्यस्तै आसन्न उद्योग वाणिज्य संघको अधिवेशनलाई लक्षित गरेर पनि व्यवसायीहरुले आ–आफ्ना धारणाहरु राखेका थिए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले उद्योग वाणिज्य महासंघको पहलमा नगर उद्योग वाणिज्य संघहरुले कार्यक्रम सञ्चालनको अवसर पाउनुपर्ने धारणा राखे । ‘व्यवसायीहरुको क्षमता अभिबृद्धिका साथै संस्थागत विकासका लागि पनि महासंघले गाउँ–नगर उद्योग वाणिज्य संघहरुमा कार्यक्रम पु¥याउन आवश्यक छ’– उनले भने– ‘यसले नै व्यवसायीहरुको बीचमा एकता बनाइराख्छ ।’
देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले नेतृत्व तहबाट साना व्यवसायीहरुको पक्षमा समेत वकालत हुनुपर्ने बताए । अहिले साना व्यवसायीहरुको व्यवसाय प्रवद्र्धनका लागि लगानीका लागि समेत पहलको खाँचो रहेको, व्यावसायिक सुरक्षाका लागि सहकार्यको आवश्यकता रहेको उनले औंल्याए । ‘व्यवसाय गरिरहेकाहरुलाई टिकाइराख्नुपर्नेछ भने नयाँ आउनेहरुलाई आकर्षित गर्ने गरी योजना बनाइनुपर्छ’– उनले भने– ‘अघिल्लो पुस्ताले जे जस्ता संघर्षहरु गर्नुपर्यो,भोग्नुपर्ने,अहिले हाम्रो पुस्ता र अब आउने भावी पुस्तालाई समेत लक्षित गरेर कामहरु गर्न जरुरी छ । यसमा हामीबीचमा सहकार्य र एकताको खाँचो छ ।’ ठकुरीले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा शिक्षा, स्वास्थ्य, रोजगार लगायतका व्यवसायका लागि लगानी गर्न आह्वान गर्नुभयो ।
प्रदेश भेलाको उद्घाटन लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष गुणनिधि तिवारीले गरेका थिए । भेलामा १२ जिल्लाका ३७ उद्योग वाणिज्य संघहरुका अध्यक्ष,पदाधिकारी र प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको सहभागिता रहेको प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु केशव भण्डारी, किशोर आचार्य,जम्सेर अलि,मोहन श्रेष्ठ,तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु विमल रिजाल, बिरु रावत,देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरी,दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकी लगायतले सम्बोधन गर्दै व्यावसायिक सुरक्षालाई प्रमुख विषय बनाउनुपर्ने धारणा राखेका थिए । सर्वसम्मत नेतृत्व चयनका लागि व्यवसायीहरुले पहल लिन सुझाव समेत दिएका छन् ।
