
Usb
Ssb
Nsb
Rks
Ppu
Ksb
Rsb
Tgp
Ssb
Ksb
Gsb
Bsn
Ksb
Csb

Hl1
Gsb
Ssb
Usb
Tsb

Rgu
Nps
ptl
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका छन् । विश्वासको मत पाउने वातावरण नबनेपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।
त्यस्तै मुख्यमन्त्री नियुक्त भएको २२ औँ दिनमा उनले राजीनामा दिनुपरेको छ । उनलाई गएको सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो । यो समय हिजै सकिएको हो ।
यस्तै मुख्यमन्त्री यादवले भने पत्र पाउन ढिला भएको भन्दै आज विश्वासकाे मत लिने तयारी गरेका थिए । तर विश्वासको मत पाउने कुनै सम्भावना नभएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
