
Sys
gms
jms
smb
Ppu
Ssbus
Gsbus

Gg1
Ln8
kbs
bmj
Ln9
cks
Ln3
Gsb
Ln7
Rys
Ssb
Hl1
Ln1
Dps
Asm
Usb
bml
Gg5
Tsb
Ln2

Gg3
Gjl
Sbs
Bpb
Snk
Ksb
Nps
Rss
Gg6
Jpb
Gg2
Sml
Jab
ptl
Rgu
Sab
Gg4
बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो । बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबीच सहमति भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनु भयो ।
उहाँका अनुसार सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने,विपद पूर्व तथा विपदका बेला सूचना आदानप्रदान गर्ने,राजश्व चुहावट नियन्त्रण,सीमामा आवतजावत गर्दा हेल्थ डेस्कमा जाँच गर्नेलगायतका विषयमा सहमति भएको छ ।
नेपालका तर्फबाट बैतडीका प्रनाउ अधिकारी, सशस्त्र प्रहरीका बैतडी प्रमुख गणेश शाह,भन्सार कार्यालयका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका भाइस कमाण्डर आर के राजेश्वरी,भारतीय प्रहरीका प्रतिनिधि तथा भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यसअघि अघिल्लो वर्षको फागुनमा बसेको समन्वय समितिको बैठक हरेक तीन–तीन महिनामा बैठक बस्ने निर्णय भएको भए पनि कोरोना कहरले एक वर्ष पछि बैठक बसेको हो ।
