
Ssbus
Amb
dsbus
Jsbus
gms
Gsl
Gsbus
Nssbus7
Bksbus5
Ratbs
Rbs
Csbus
Pbu
Ddhbs

Ggd
nsb
Rsb
Wsp
Rgu
Rgu
Hal
Rgs
Sls
Bbu
Vor
Asm
Bbbpu
Ssm
Sbs
Tsm
Gst
Pvg
Ksm

Gsb
Pls
Ptm
Mks
bbt
Jmb
sab
Rpp
Abd
Syp
Rmb
Jmb
Bml
बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो । बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबीच सहमति भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनु भयो ।
उहाँका अनुसार सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने,विपद पूर्व तथा विपदका बेला सूचना आदानप्रदान गर्ने,राजश्व चुहावट नियन्त्रण,सीमामा आवतजावत गर्दा हेल्थ डेस्कमा जाँच गर्नेलगायतका विषयमा सहमति भएको छ ।
नेपालका तर्फबाट बैतडीका प्रनाउ अधिकारी, सशस्त्र प्रहरीका बैतडी प्रमुख गणेश शाह,भन्सार कार्यालयका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका भाइस कमाण्डर आर के राजेश्वरी,भारतीय प्रहरीका प्रतिनिधि तथा भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यसअघि अघिल्लो वर्षको फागुनमा बसेको समन्वय समितिको बैठक हरेक तीन–तीन महिनामा बैठक बस्ने निर्णय भएको भए पनि कोरोना कहरले एक वर्ष पछि बैठक बसेको हो ।
