
Ksb
Usb
Ksb
Ssb
Ksb
Ppu
Ssb
Gsb
Tgp
Rsb
Csb
Rks
Nsb
Bsn

Tsb
Ssb
Usb
Gsb
Hl1

Rgu
ptl
Nps
सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको हो ।
रातो कुर्ता,हरियो सुरुवाल,खुट्टामा पाउजु लगाएकी महिलाको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । स्थानीय गोठालाले जङ्गल जाँदा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
