
Amb
Ges
Snmbs
snmbs
Pbu
dpm
Dpm
Snmbs
Gesld
Mbf
Dbc
rgs
Sdc


दाङ । लुम्बिनी प्रदेशका सांसद रेवतीरमण शर्माले बुधबार लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी खुट्टी गाउँ निवासी तीन घर परिवारलाई जनता आवास कार्यक्रम मार्फत निर्माण भएको पक्की घर हस्तान्तरण गर्नु भएको छ ।
स्थानीय लिला सार्की,सीता सार्की र रिता दमाईलाई सदस्य शर्माले घरको साँचो हस्तान्तरण गर्नु भएको हो । त्यस्तै जनता आवास कार्यक्रम मार्फत पक्की घर प्राप्त व्यक्तिलाई फूलमाला र अविरल लगाएर सम्मान गर्नु भएको थियो । विपन्न दलित परिवारलाई पक्की घर बनाउन जनता आवास कार्यक्रम लागू छ । उहाँले भन्नू भयो । साच्चिकै विपन्न परिवारले यसको लाभ उठाएका छन् । अब बर्खामा छानाबाट पानी चुहिने समस्याको अन्त्य भयो । किराकाँटीको डर भएन । ढुक्कसंग निदाउन सकिने भयो ।
लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नुमराज पौडेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश कमिटी सदस्य रतनकुमार केसीले विपन्न घर परिवारका लागि सरकारले जनता आवास मार्फत पक्की घर निर्माण गर्ने कार्यक्रम सञ्चालन गरेर सरकार भएको अनुभुती दिलाएको बताउनु भयो ।
त्यस्तै सरकारले केही गरेन भन्ने एउटा जमात छ । त्यो जमात यस्तै दुरदराजमा पुगेर हेरोस । सरकार यस्तै ठाउँमा भेटिने छ’केसीले भन्नु भयो । सरकारले पिडितको लागि काम गरिरहेको छ । यस्तै कार्यक्रममा दलित सचेतना अभियानका अध्यक्ष शसिराम नेपाली,टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र श्रेष्ठ,सामाजिक अभियान्ता डालिका बिक लगायतको सहभागीता रहेको थियो । घर हस्तान्तरण कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भानु जोशीले गर्नु भएको थियो ।
