
Asb
lnp
Dus
Usb
Rgp
Lks
Jns
Rgp
Rgp
Sgp
Ggp
ksb
Lnp
Rgp
Ggp

lms

दाङ । देउखुरी उद्योग वाणिज्य संघको २२ औँ वार्षिक साधारण सभा शनिबार लमहीमा सम्पन्न भएको छ ।
देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजँग सिँह ठकुरीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा उद्घाटन भएको सभा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले देउखुरी उद्योग वाणिज्य संघको टिमले उद्योग तथा व्यवसायीकहरुको हितमा अत्यन्तै अनुभुति हुने गरि काम गरेको बताएका छन् ।
उनले देउखुरी उद्योग वाणिज्य संघको अध्यक्ष लगायतको टिम एकदमै एक्टिभ रहेको र काम गर्ने सिलसिलामा नगरपालिकामा समेत पुगेर आफुलाई बेलाबखत घच-घच्याउने गरेको बताए । यस्तै उनले विभिन्न विकास निर्माणको काम-काजहरु गर्ने क्रममा आफुलाई अराउन समेत आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाल कृष्ण सुवेदीले अहिले व्यवसायीकहरु धेरै धरापमा रहेकोे बताएका छन् । उनले व्यवसाय गर्नका लागि व्यवसायीकहरुलाई राज्यले आवश्यक वातावरण नमिलाइदिएको हुँदा व्यवसायी गर्न गाह्रो परिरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघले राज्यलाई व्यवसायी गर्नका लागि आवश्यक वातावरण मिलाउन समय,समयमा पहल गर्ने गरेको भएतापनि राज्यको ध्यान भनेको जस्तो नपुगे जिकिर गरे । त्यस्तै उनले मुलुकमा विभिन्न विपद पर्दा पहिलो लाइनमा रहेर उद्योग वाणिज्य संघहरुले राहत पुराएर राहत प्रदान गर्ने गरेको समेत बताए ।
कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका सुवेदीले देशमै रहेर केही गरौं भन्ने युवाहरुलाई राज्यले विभिन्न व्यवसाय गर्नका लागि आवश्यक वातावरण मिलाउन जरुरी रहेको बताए ।
कार्यक्रममा लायन्स क्लव अफ लमहीका अध्यक्ष हल्लु प्रसाद चौधरी,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, नागरिक समाज दाङका संयोजक निम बहादुर थापा,देउखुरी उघोग वाणिज्य संघका पूर्व अध्यक्ष लिलाराम खनाल,रोल्पा उघोग वाणिज्य संघका कोषाध्यक्ष ओविलाल केसी,सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद अधिकारी,दाङ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ध्रुव राज आचार्य,राष्ट्रिय जनमोर्चाका लमही नगर कमिटीका वसन्त आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका लमही नगर कमिटीका अध्यक्ष शिव लाल भण्डारी,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव वसन्त राज शर्मा (विक्रान्त) लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै उक्त सभामा संघको वार्षिक प्रतिवेदन,आर्थिक वर्ष २०८१/०८२ मा भएका गतिविधि र अगामी १५ बुँदे योजना बारे संघका महासचिव हरि बहादुर थापाले प्रस्तुत गरेका थिए भने आर्थिक प्रगति प्रतिवेदन संघका कोषाध्यक्ष वसन्त भण्डारीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संघमा आवद्ध पदाधिकारीहरु अन्य संस्थाको प्रमुख जिम्मेवारी पदमा निर्वाचित भएका व्यक्तिहरुलाई बधाईका साथ सम्मान गरिएको थियो भने संघमा आजिवन सदस्यले लिने सदस्य र विभिन्न व्यवसायीकहरुलाई सम्मान गरिएको थियो ।
देउखुरी उद्योग वाणिज्य संघका वरिष्ठ महिला उपाध्यक्ष शारदा सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण देउखुरी उघोग वाणिज्य संघ लमहीका महासचिव हरि बहादुर थापाले गरेका थिए ।
औपचारिक कार्यक्रमलाई समापन गर्दै अध्यक्ष ठकुरीले उद्योग बाणिज्य संघले गरेको कामहरुको संक्षिप्त विवरण प्रस्तुत गर्दै संघले सदैव स्थानीय उद्यमीहरुको अधिकार र हितका लागि अग्रसर रहँदै आएको बताए । ठकुरीले देउखुरीका व्यापारी र उद्योगीहरुबीच एकता कायम राख्न आग्रह गर्दै भने, एकजुट भएर अघि बढ्न सके मात्र हाम्रो क्षेत्रको आर्थिक रुपान्तरण गर्न सक्छौं । यो संघ केवल संस्था होइन,यो देउखुरीका हरेक उद्योगीको साझा घर रहेको समेत बताए ।
उनले नगरपालिकासँग सहकार्य गरेर औद्योगिक करिडोर स्थापना,साना उद्योग प्रोत्साहन र युवा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता पनि जनाए । अन्त्यमा उनले सबै सदस्य, सहयोगी संस्था र नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै भने,“हाम्रो लक्ष्य विकास हो, हाम्रो बाटो सहकार्य हो र हाम्रो हतियार एकता हो।”
