
Rgp1
sbs
Ggp
pku
Unsku
Pes
Lnp
Rgp
cjs
Djs
Sgr
Srbpu
Pbu
Gfs

Ssm
Sls
Vor
Pvg
Rgu
Hal
Rgu
Bbu
Rsb
Tsm
Gst
Rgs
Sbs
Bbbpu
Wsp
Ksm
Asm
nsb
Ggd

Gsb
Ptm
Pls
sab
Mks
bbt
Abd
Jmb
Bml
Rmb
Syp
Rpp
Jmb
भैरहवा । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती गरेको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ।
ट्रंक र डेडिकेटेड लाइनको विवादमा रुपन्देहीका उद्योगीहरुले आन्दोलनको घोषणा गरेका थिए। बिहीबार प्राधिकरणको भैरहवा वितरण केन्द्र अगाडि धर्ना कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले आन्दोलनलाई सांकेतिक रुपमा मात्र लिन जरुरी रहेको बताएका थिए । उनले २५ हजार श्रमिकको रोजगारी गुम्दै गएको र गुमाउने नचाहेको बताएका थिए। ‘अतः यो कारणले’ शब्दसहितको वाक्य पूरा गर्न नपाउँदै उनी ढलेका थिए।
त्यस्तै उपचारका लागि क्रिमसन अस्पताल पुर्याउँदा उनको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए । उनको शव अहिले अस्पतालमा राखिएको छ ।
