
Rks
Ssb
Ksb
Rsb
Gsb
Bsn
Ppu
Ksb
Tgp
Usb
Ssb
Nsb
Csb
Ksb

Tsb
Gsb
Usb
Ssb
Hl1

ptl
Nps
Rgu
काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।
नेताहरुले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका लागि आयोगको कार्यालयमा नेतारु सन्तोष बुढा मगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरु पुगेका हुन् ।
त्यस्तै प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा आयोग पुगेका नेताहरुले ‘कम्युनिस्ट पार्टी नेपाल’ ना राख्न प्रस्ताव गरेका छन् । आफूहरुले संसदीय राजनीतिमा सहभागी हुनको लागि दल दर्ता गर्न आएको प्रवक्ता प्रकाण्डले बताए ।
यस्तै उनले भने, ‘निर्वाचनको लागि हाम्रो लागि नयाँ अभ्यास हो। नेपालको राजनीतिक आन्दोलनमा नयाँ दृष्टिकोणसहित हामी आएका हौँ। जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफैँ फैसला गर्ने विधि निर्वाचन भएकाले हामी आएका हौँ।’
