
Ppu
Gsb
Ksb
Usb
Nsb
Csb
Rks
Ksb
Ssb
Ssb
Ksb
Tgp
Rsb
Bsn

Gsb
Hl1
Ssb
Tsb
Usb

Nps
ptl
Rgu
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन् । गएराति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।
विमानस्थलबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयरमा देखिएका थिए । देउवा दम्पती स्वास्थ्य उपचारका लागि गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत् काठमाडौंबाट प्रस्थान गरेका थिए ।
त्यस्तै जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो भने घरमा आगजनी भएको थियो । लामो समयसम्म सार्वजनिक नभएका देउवा दम्पती गत असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट सार्वजनिक भएका थिए । त्यसपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर देउवा उपचारका लागि सिंगापुर गएका हुन् ।
