Sidha Patra आइतबार, आश्विन २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको एउटा समूहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ। सभापति शेरबहादुर देउवा र आरजु राणा देउवानिकट नेविसंघका केहीले आज मेयर बालेन र हामी नेपालका सुदनविरुद्ध जाहेरी दिएका हुन्।

भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा विद्यार्थीलाई विद्यालय- क्याम्पसका पोशाकमै बोलाएर मानव ढाल बनाएको र राष्ट्रिय सम्पदा तथा सरकारी र निजी घर आगजनी गरेको भन्दै त्यसमा नेतृत्वदायी भूमिकामा मेयर बालेन र हामी नेपालका संस्थापक सुदन रहेको भन्दै नेविसंघको यो समूहले जाहेरी दिएको हो ।

मेयर बालेन र हामी नेपालका संस्थापन सुदनविरुद्ध जाहेरी लिएर नेविसंघका मनिषजंग थापा, अशोक सिंह बिष्ट र विजय शाहले जिल्ला प्रहरी परिसर ललितपुर पुगेका थिए।

यो जाहेरी प्रहरीले दर्ता गरिसकेको छैन।

त्यस्तै यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियुले पनि मेयर बालेन र हामी नेपालका सुदनविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको थियो। आयोगले प्रहरीमै उक्त जाहेरी फिर्ता गरेको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]