
Ggp
Sgr
Srbpu
Rgp1
sbs
Rgp
Gfs
Unsku
Lnp
Pbu
Pes
Djs
cjs
pku

Tsm
Ggd
Bbbpu
Rgu
Rgs
Gst
Bbu
Rgu
Wsp
Vor
Asm
Sbs
Ssm
Sls
Hal
Pvg
nsb
Ksm
Rsb

Rpp
Ptm
Rmb
Pls
Abd
Jmb
Mks
sab
Jmb
Bml
Gsb
Syp
bbt
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ ।
सुदन गुरुङ लगातको सक्रियतामा जेनजी समूहले जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न मंगलबार दिएको दिएको जाहेरी बुझेर प्रहरीले थप अनुसन्धानका लागि भन्दै कार्की नेतृत्वको आयोगमा पठाएको हो ।
यद्यपि प्रहरी आफैले भने सो जाहेरी दर्ता नगरेको बताइएको छ । परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जाहेरी लिएर थप अनुसन्धानका लागि कार्की नेतृत्वको आयोगमा पठाइएको जानकारी दिए । ‘हामीले जाहेरी लियौँ र जाँचबुझ आयोगमा अनुसन्धानका लागि पठायौँ,’ प्रवक्ता भट्टराईले भने, ‘दर्ता नगरी आयोगको कार्यक्षेत्र पर्ने भएकाले आयोगमा पठाइदिएका हौँ । पत्र यहाँबाट आयोगमा गइसक्यो ।’
