
Rgp1
Gfs
Pes
pku
Srbpu
sbs
cjs
Pbu
Rgp
Djs
Lnp
Unsku
Sgr
Ggp

Vor
Rgs
Ksm
Asm
Bbbpu
Sls
Wsp
Rsb
Pvg
nsb
Ssm
Hal
Bbu
Rgu
Ggd
Tsm
Rgu
Sbs
Gst

Jmb
Rmb
sab
Abd
Bml
Syp
Pls
Rpp
Gsb
Ptm
Mks
Jmb
bbt
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ ।
भदौ २३–२६ कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचनको उपयोग गर्ने नीति लिएको हो ।
यद्यपि बैठक चलिरहेकै बेला जेनजी विद्रोहका कारण देशको राजनीति नै उथलपुथल भएकाले आधिकारिक निर्णय नभएको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले बताए । ‘निर्वाचनमा भाग लिने हाम्रो घोषित नीति नै हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते गर्ने निर्वाचनमा पार्टीले भाग लिन्छ । समाजवादी व्यवस्था स्थापित गर्ने हिसाबले निर्वाचनको उपयोग गर्छौँ । २०८४ को निर्वाचनमा भाग लिने भनेर पार्टीले पहिले नै निर्णय गरिसकेको छ । तर पछिल्लो विशेष राजनीतिक परिस्थिति उत्पन्न हुँदा हामी छलफल मै भएकाले निर्णय भएको छैन’, उनले भने ।
त्यस्तै समाजवादी व्यवस्था ल्याउनका लागि माओवादी घटकसँग एकता र विचार मिल्ने कम्युनिस्ट पार्टीसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण के–के गर्नुपर्ने हो गर्ने बुढाथोकीले बताए । भदौ २३ र २४ गते जेनजीले गरेको विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेको थियो ।
