
pku
sbs
Rgp1
Srbpu
Pes
cjs
Ggp
Rgp
Pbu
Djs
Unsku
Gfs
Lnp
Sgr

Tsm
Wsp
Sbs
Rsb
Ssm
Vor
Gst
Bbbpu
Rgu
Asm
Bbu
Sls
nsb
Rgu
Rgs
Ksm
Ggd
Pvg
Hal

Jmb
Abd
Jmb
Pls
Gsb
bbt
Rpp
sab
Syp
Rmb
Ptm
Bml
Mks
दाङ । देशले नयाँ संविधान हासिल गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै शुक्रबार दाङको लमहीमा नेकपा (एमाले) नगर कमिटीले विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा संविधान दिवसलाई राष्ट्रिय गौरवको रूपमा मनाइएकाे थियो ।
नेकपा (एमाले) लमही नगर कमिटीका अध्यक्ष रतन कुमार के.सीको अध्यक्षता एबम् नेकपा (एमाले) केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नम्बर १(२) का इन्चार्ज सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । संविधान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेकपा (एमाले)का विभिन्न तहका नेतृत्व, कार्यकर्तासहित पत्रकारहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सीता सिग्देल न्यौपानेले संविधान दिवसलाई जनताको संघर्ष र बलिदानीको उपलब्धीको रूपमा सम्झनुपर्ने बताउनुभयो। उहाँले संविधानले सबै जातजाति, वर्ग, समुदाय र भौगोलिक क्षेत्रलाई समान अधिकारको सुनिश्चितता दिलाएको स्मरण गराईन । साथै, उनले हालै भदौ २३/२४ गते भएको जेन–जी आन्दोलनमा शहादत प्राप्त गर्नुभएका युवाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिन ।
त्यस्तै, नेकपा (एमाले) केन्द्रीय लेखा आयोगका सदस्य रेवती रमण शर्माले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीलाई सच्याउँदै जनताको अधिकार सुनिश्चिततामा एमाले निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । लुम्बिनी प्रदेश सदस्य तथा लमही नगर इन्चार्ज कुल बहादुर के.सी.ले संविधानलाई संस्थागत गर्दै देशलाई समृद्धि र सुशासनको बाटोतर्फ डोर्याउन सबै दलहरु गम्भीर बन्नुपर्ने धारणा राखे । उनले संविधान दिवसलाई केवल औपचारिकता नभई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याए । नगर कमिटी अध्यक्ष क. रतन कुमार के.सी.ले संविधान दिवसलाई राष्ट्रिय गौरवका साथ मनाउने भन्दै यसले मुलुकको राजनीतिक स्थायित्व र संघीय लोकतान्त्रिक प्रणालीलाई मजबुत पारेको बताए ।
यस्तै कार्यक्रममा नेकपा (एमाले) प्रदेश विभागीय सदस्य बिम बहादुर के.सी., दाङ जिल्ला सचिवालय सदस्य लक्ष्मी शर्मा, जिल्ला सदस्यहरु भु–माण्डप के.सी., शितल भुसाल, शिवराज गिरी, मनोज पुन, दाङ जिल्ला सल्लाहकार सदस्य सुर्य राज गौतम लगायत नेताहरुको सक्रिय सहभागिता थियो । त्यसैगरी, रिटर्नी फेडरेसन नेपालका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज दिनेश आचार्य, पुर्व जिल्ला कमिटी सदस्य अब्जल अली, लमही नगर कमिटीका पुर्व अध्यक्ष डन्डीराम चौधरी, सचिव भानु जोसी लगायत अन्य अगुवा नेताहरुले पनि संविधान दिवसको अवसरमा आफ्नो विचार राख्दै संविधानको रक्षा, कार्यान्वयन र मजबुतीका लागि निरन्तर संघर्षरत रहनुपर्ने बताएका थिए । साथै, आन्दोलनमा शहादत भएका हरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै घाइते भएकाहरुलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिंदै लोकतान्त्रिक आन्दोलनमा युवाहरुको बलिदानी व्यर्थ नजान दिने प्रतिवद्धता पनि व्यक्त गरिएको थियो ।
नेकपा (एमाले) दाङ लमही नगर कमिटीका उपाध्यक्ष चेतराज चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्य्रक्रमको सहजीकरण भने नगर कमिटीका सचिव पवन शर्मा रिजालले गरेका थिए ।
