
Rgp1
cjs
pku
Srbpu
Lnp
Pbu
Gfs
Djs
Rgp
Unsku
Ggp
Sgr
Pes
sbs

Ggd
Pvg
Bbbpu
Hal
Asm
Rgu
Sbs
Rgu
Rgs
Sls
Bbu
Ssm
Wsp
Rsb
Tsm
Gst
nsb
Ksm
Vor

Jmb
Ptm
Gsb
Abd
Jmb
Rpp
Bml
Mks
Rmb
bbt
Pls
sab
Syp
दाङ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा लमहीमा नेकपा (माओवादी केन्द्र) ले दीप प्रज्वलन कार्यक्रम शुक्रबार लमहीमा सम्पन्न गरेको छ ।
लमही नगर कमिटीको आयोजनामा संविधान दिवसका दिन विशेष कार्यक्रम गरी संविधानप्रति सम्मान व्यक्त गर्दै पार्टीले लोकतन्त्र, समावेशीता र सामाजिक न्यायको आधारलाई थप मजबुत बनाउन सबैलाई आह्वान गरेको हो ।
नेकपा (माओवादी केन्द्र) लमही नगर अध्यक्ष दिल कुमार श्रेष्ठले संविधानले जनताको लामो बलिदान, आन्दोलन र संघर्षको परिणामस्वरूप जन्म लिएको उल्लेख गर्दै यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सबै राजनीतिक दल र नेतृत्वको रहेको बताए । उनले संविधान कार्यान्वयनमा आउने चुनौतीलाई सामूहिक एकताबाट समाधान गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्य तथा दाङ क्षेत्र नम्बर १ का इन्चार्ज अम्मर कँवर ‘नवीन’ले संविधानले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको बाटो खोलिदिएको र जनताको अधिकारलाई संस्थागत गरेको बताए । अझै संविधानको मर्मअनुसार सबै वर्ग, जाति, लिंग र समुदायलाई समान हकअधिकार दिलाउन निरन्तर संघर्षरत रहनुपर्नेमा उनले जोड दिए । कँवरले अहिले देखिएको असन्तुष्टि, बेरोजगारी र राजनीतिक अस्थिरता समाधान गर्न संविधानको प्रभावकारी कार्यान्वयन नै प्रमुख उपाय भएको उल्लेख गरे ।
यस्तै कार्यक्रममा विशेष अतिथि वसन्त राज शर्मा ‘बिक्रान्त’ र ओम प्रसाद सुवेदी ‘सागर’ ले पनि आफ्ना विचार राखेका थिए । उनीहरूले संविधानले दिएको अधिकारलाई जोगाउन र जनताको जीवनस्तर सुधार गर्न माओवादी केन्द्र निरन्तर अग्रसर रहेको बताए । विशेषगरी किसान, मजदुर, विपन्न वर्ग र सीमान्तकृत समुदायका पक्षमा संविधानको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने उनीहरूको धारणा थियो ।
दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले संविधान दिवसलाई औपचारिकता मात्र नभई अधिकार र कर्तव्यको प्रतिवद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका थिए । संविधानले दिएको अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न सबै तहका सरकार, दल र नागरिक समाज मिलेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।
त्यस्तै कार्यक्रममा पार्टीका नगर कमिटीका पदाधिकारी, वडा कमिटीका प्रतिनिधि, युवा र विद्यार्थी संगठनका अगुवा, महिला कार्यकर्ता तथा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित सबैले संविधान दिवसमा दीप प्रज्वलन गरेर संविधानको सम्मान गर्ने मात्र नभई त्यसलाई संस्थागत गर्न सक्रिय भूमिका खेल्ने प्रतिज्ञा गरेका थिए । यसरी, संविधान दिवसका अवसरमा माओवादी केन्द्रले दीप प्रज्वलन कार्यक्रममार्फत मुलुकलाई स्थायी शान्ति, समृद्धि र समावेशी विकासतर्फ लैजान सबैलाई आह्वान गरेको छ ।
