
lnp
Rgp
Lnp
Rgp
Dus
Usb
Ggp
Jns
Rgp
Lks
Rgp
Sgp
Ggp
Asb
ksb

lms

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरुको प्रदर्शनका घाइतेहरुलाई भेट्न सिभिल अस्पताल पुगेकी छन् ।
शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की उपचाररत घाइतेहरुलाई भेट्न मीनभवनमा रहेको सिभिल अस्पताल पुगेकी हुन् । यसअघि प्रधानमन्त्री कार्की वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरुलाई भेटेकी थिइन् ।
त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो । जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।
