
Ggp
Ksbus
Msbus
Lnp
Asbus
Ksbus
Sdc
Ggp
Rgp


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । अब त्यस क्षेत्रका जनताले आँखाको उपचार सेवा वडाबाटै पाउने भएका हुन् ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पतालको व्यवस्थापन तथा राजपुर गाउँपालिकाको सहकार्यमा एकीकृत आँखा उपचार केन्द्र राजपुर गाउँपालिकाको वडा नम्बर ५ जग्रहवामा सञ्चालनमा आएको हो ।
वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपती यादव तथा नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काले संयुक्त रूपमा उपचार केन्द्रको उद्घाटन गरेका हुन् । जनतालाई घर आँगनमै आँखा उपचार सेवा प्रवाहका लागि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको बताइएको छ । अब दैनिक आँखा सम्बन्धी उपचार सेवा बिहान ९ बजेदेखि ४ बजेसम्म त्यही पाउने छन् ।
त्यस्तै एनएवीपी नर्वेको आर्थिक सहयोगमा निःशुल्क आँखा शिविर समेत सञ्चालन गरिएको थियो । छन्द (कालेबाबु) नारायणी अस्पतालको प्राविधिक सहयोग र विजयनगर गाउँपालिकाको आर्थिक सहयोगमा विजयनगर गाउँपालिकाको आधारभूत स्वास्थ्य अस्पताल, बगद्वौरमा साप्ताहिक आँखा उपचार क्लिनिकको एक समारोहका बिच उदघाट्न भएको छ । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ, दाङ शाखाका सचिव घनश्याम सुवेदीको प्रमुख आतिथ्यता एवम् आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा.शम्सेर थापाको विशिष्ट आतिथ्यमा भएको हो ।
यस्तै उक्त अवसरमा विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष प्रेमबहादुर कलवार लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण विजयनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वाइपी पौडेलले गरेका थिए ।

