
Ksb
Nsb
Usb
Ksb
Bsn
Gsb
Rks
Ssb
Ssb
Rsb
Csb
Ppu
Tgp
Ksb

Hl1
Usb
Ssb
Tsb
Gsb

ptl
Rgu
Nps
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौँ सरुवा गरिएको छ ।
लामिछानेलाई लिएर बुध एयरको विमान आज दिउँसो ३:१० बजे उडान भर्ने तय भए पनि ढिलाइ भएपछि विमान ४:३४ बजे मात्रै उडेको विमानस्थलले जनाएको छ । उनको सुरक्षाका लागि विशेष तयारीसहित विमानस्थल पुर्याइएको थियो।
त्यस्तै बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका लामिछाने २०८० साल चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए । उनले गत जेठमै काठमाडौँस्थित नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। अदालतले अनुमति दिए पनि गृह प्रशासनले प्रक्रिया रोकेको थियो ।रातोपाटी
